अपाङ्गता सहायक सामग्रीका लागि सिफारिस पठाउन महानगरको आग्रह
काठमाडौं महानगरपालिकाले अपाङ्गता सहायक सामग्री उपलब्ध गराउनका लागि सिफारिस पठाउन सबै वडा कार्यालयमा आग्रह गरेको छ ।
विधायन सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो ।
कानुनी छिद्रबाट आममाफी दिने काम बन्द गरियोस् : नेता थापा
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गर्नुभएको छ ।
एमाले उपत्यका विशेष प्रदेशको अधिवेशन शुक्रबारदेखि
नेकपा (एमाले) को उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन शुक्रबारदेखि काठमाडौँमा हुँदैछ । एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी-कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।
चिकित्सा प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ ।
तातोपानी नाकामा चहलपहल बढ्यो
दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामाग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् ।
भ्रष्टाचार अन्त्य गर्न सांसदको माग
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भ्रष्टाचार अन्त्यको माग गर्नुभएको छ । बैठकको विशेष समयमा सांसद बीना पोख्रेलले भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गइरहेको भन्दै सेवाका निम्ति पदभन्दा पनि पैसाका निम्ति पद भन्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्नुभयो ।
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो ।
नेपाल ईयूको सुरक्षा सूचीबाट छिट्टै हट्छ : पर्यटनमन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल युरोपेली सङ्घ (ईयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने दाबी गर्नुभएको छ ।
अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन
अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।
चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
अग्रिम बुकिङ नखुल्दै टिकट काउण्टरमा सर्वसाधारण
दसैँ नजिकिएसँगै घर जानका लागि काठमाडौँको नयाँ बसपार्कको टिकट काउण्टरमा बसको टिकट लिन सर्वसाधारण लाइन बसेका छन् ।
राष्ट्रिय सभा बैठक : बजार अनुगमन गर्न सांसदको माग
राष्ट्रिय सभाका सांसदहरूले दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र अस्वाभाविक मूल्यवृद्धि गरिएको जनाउँदै अनुगमनको माग गरेको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठक विद्युत विधेयकलाई पेस गर्ने कार्यसूची रहेको छ ।
‘एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन’
चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएका छन् । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो ।
भूकम्पले भत्किएका ७६० सम्पदा पुनः निर्माण
वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनः निर्माण सकिएको पुरातत्त्व विभागले जनाएको छ ।
चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा २० शोधपत्र प्रस्तुत
विदेशी वैज्ञानिकको सहभागितामा चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत २० वटा शोधपत्रमाथि छलफल भएको छ ।
नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत : विश्व बैंक
विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण गरेको हो । नेपालले सन् २०२४ मा तीन दशमलव नौ प्रतिशत र सन् २०२५ मा पाँच प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र बझाङ जानुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवलोकनका लागि भूकम्प प्रभावित जिल्ला बझाङ जानुहुने भएको छ ।
एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश
नेकपा (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी उहाँहरु एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नुभएको हो ।
सामाजिक सञ्जाल प्रयोगमा संवेदनशीलता अपनाउन काउन्सिलको आग्रह
प्रेस काउन्सिल नेपालले फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोगको दुरुपयोग भएको बताउँदै यसको प्रयोगमा संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।
सचिव आचार्यकाे स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा
स्वास्थ्यमा समस्या आएर वीर अस्पताल भर्ना हुनुभएका नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पताल पुग्नु भएको छ । उहाँले सचिव आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
साउदी उडेको जहाज बीच बाटोबाटै फर्कियो
काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ ।
मौसममा क्रमिक सुधार
जल तथा मौसमविज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हुँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताउनुभयो । “मौसम विस्तारै सुधार हुँदै गएको छ ।