• ८ जेठ २०८१, मङ्गलबार

सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौं, पुस ७ गते । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

शनिबार दिउँसो काठमाडौँको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले सो जानकारी दिनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईँहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । अहिले संसद् अधिवेशन समापन भएको छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।’’

‘‘तपाई शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दबाब दिनुभयो। यसले सरकारलाई सहयोग पुगेको छ’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईँहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ ।’’