• ४ जेठ २०८१, शुक्रबार

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

blog

क्रिकेटर सन्दीप लामिछाने

काठमाडौं, पुस ८ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।