लाइसेन्सका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य : प्रवक्ता पनेरु
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हालेसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा देखिएका समस्या समाधान हुँदै गएको छ ।
‘जलवायु असरको क्षतिपूर्ति प्राप्त गर्न आन्तरिक तयारी आवश्यक’
विश्वको कूल हरित गृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका नगन्य (०.०५ प्रतिशतभन्दा कम) रहेको छ । तर नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेका विश्वका १० राष्ट्रमा पर्दछ ।
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
संसार देख्न पाउँदा ज्येष्ठ नागरिक दङ्ग
सिन्धुलीको तीनपाटन गाउँपालिका–३ निवासी ७१ वर्षीय चन्द्रबहादुर तमाङलाई मोतीबिन्दुको शल्यक्रिया गरी उपचार गरेपछि नयाँ जीवन पाएसरह भएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित रेडक्रस आँखा
सात वर्षमा पनि बनेन पुल
काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लालाई सडक सञ्जालले जोड्ने उद्देश्यले बागमती नदीको सिक्रोदोभानमा पुल निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । काभ्रेपलाञ्चोक र मकवानपुरलाई सडक सञ्जालले जोड्न
अप्ठ्यारोमा जनतालाई सरकारले सहयोग गर्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले सरकार जनताको अभिभावक भएकाले जनतालाई अप्ठ्यारो परेको बेला सहयोग गर्ने बताउनुभएको छ ।
‘क्रिसमस डे’ले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न सघाउँछ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइँदै गरिएको इसाई समुदायको महत्त्वपूर्ण पर्व क्रिसमसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
वर्षौंदेखि टहरामै स्वास्थ्य चौकी
निर्माण व्यवसायीले नवनिर्मित भवनमा बत्तीको विद्युत् (ट्रान्समिटर लाइन) जडान गर्न नसकेपछि स्वास्थ्य चौकीले नौ वर्षदेखि टहरा र भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ । दोलखाको विगु गाउँपालिका–५
चेपाङ गाउँमा घरबास सञ्चालन
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हँुदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
बुढीचौरमा रैथाने बाली फापर सङ्कलन सुरु
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीको न्यूनतम मूल्य निर्धारण गरेसँगै रैथाने बालीको खरिद सङ्कलनले तीव्रता पाएको छ ।
पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालयलाई
सदरमुकाम चरीकोटस्थितको भीमेश्वर नगरपालिकामा आयोजित अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटले जितेको छ ।
क्रिसमस डे : ‘सान्टा क्लस’ र ‘क्रिसमस ट्री’ को रौनक
आज २५ डिसेम्बर जिसस क्राइस्ट जन्मिएको दिन । यही दिन क्रिसमस मनाउने चलन सन् ३५० देखि सुरु भएको हो । यो पर्व रोमका तत्कालीन बादसाह कन्स्टेन्टाइनले सुरु गरेका हुन् । जो पहिले सूर्यभक्त थिए । यसरी क्रिस्चियन धर्म अनुसार बादसाह कन्स्टेन्टाइनले हरेक डिसेम्बर २५ लाई सूर्य देवताको जन्म दिवसका रूपमा मनाउथे ।
जुनार उत्पादन बढेपछि किसान दङ्ग
गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान केदार राक्से ठकुरीको साढे नौ रोपनी जमिन यतिखेर जुनारले पहेँलपुर बनेको छ । उहाँलाई हरेक दिन जुनार टिपेर बिक्रीका लागि बजार पठाउन भ्याइनभ्याइ छ । गत वर्षको तुलनामा यो वर्ष जुनार उत्पादन बढेकाले आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो । “यो वर्ष अहिलेसम्म छ लाख रुपियाँ जतिको जुनार बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “गत वर्ष जुनारबाट १८ लाख रुपियाँ जति लिएको थिएँ । यो वर्ष २० लाख रुपियाँ होला जस्तो छ ।” जुनार किन्न व्यापारी बगैँचामै आउने भएकाले बिक्रीका लागि कुनै समस्या नभएको उहाँले सुनाउनुभयो ।
निकुञ्ज ऐन २०२९ परिमार्जन गर्न माग (अडानपत्र सहित)
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) र नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ परिमार्जनको संयुक्त माग गरेका छन् ।
जनतामा आशा जगाउने काम गरेका छौँ : अध्यक्ष ओली
नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग आज गरिएको संवाद तथा पत्रकार सम्मेलनमा एमालेले सो कुरा जनाएको हो ।
उच्च अदालतमा स्वचालित पेशी प्रणाली सुरु
उच्च अदालत र यसका इजलासहरूमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ । आइतबार उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबिच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
काभ्रेमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढङ्गले अगाडी बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले धारामा पानी नआउने तर बिल आउने समस्याबाट धेरै उपभोक्ताहरू दिक्दार भएकाले त्यस्तो समस्या तुरुन्त हल गर्न निर्देशन दिनुभएको छ ।
अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्छु भन्नु अस्वभनीय : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने भन्ने कुरा आइरहेकाले त्यो आपत्तिजनक भएको बताउनुभएको छ ।
स्वास्थ्य बीमाका कार्यकारी निर्देशकलाई निलम्बन गर्ने निर्णय सर्वोच्चद्वारा बदर
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
गणतन्त्रको विकल्प सुधारसहितको गणतन्त्र हो : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको ओकालत गर्नु जायन नहुने बताउनुभएको छ ।
सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमले जनताको आवाज बोल्नुपर्ने बताउनुभएको छ ।
माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज (आइतबार) विज्ञापन प्रकाशन गरिएको हो ।