• १३ असोज २०८१, आइतबार

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला

blog

काठमाडौं, पुस ८ गते । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज (आइतबार) विज्ञापन प्रकाशन गरिएको हो ।

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np  मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।