समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी
समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै आज
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो ।
अनधिकृत रूपमै काम गर्दै निजामती कर्मचारी
निजामती कर्मचारीलाई सङ्केत नम्बर नदिँदा कर्मचारी वितरण प्रणाली भद्रगोल भएको छ । कर्मचारी नियुक्त भएर गएपछि काममा खटनपटन गर्नु पूर्व कर्मचारी सङ्केत नम्बर वितरण गरेर कर्म विवरण दिनुपर्ने हो ।
चिउरी र चमेरो संरक्षण गर्दै बागमती प्रदेश
चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ । प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।
‘कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीपरिषद् र संसद्मा कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउनका लागि आफूले निरन्तर आवाज उठाइरहेको बताउनुभएको छ । गृहनगर बाह्रबिसेस्थित क्षमादेवी माध्यमिक विद्यालयको ७३ औँ वार्षिकोत्सव कार्यव्रmममा बोल्दै मन्त्री बस्नेतले नेपालको संविधानको धारा ३५ मा शिक्षा, स्वास्थ्यलाई जनताको मौलिक हक उल्लेख भएकाले १२ कक्षासम्म निःशुल्क शिक्षा पाउनुपर्नेमा जोड दिनुभयो ।
सुनकोशी–मरिण डाइभर्सन : निर्माणमा तीव्रता
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ । उक्त आयोजनाको कुल १३.३ किलोमिटर लम्बाइको सुरुङमध्ये हालसम्म १०.५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । त्यस्तै सुनकोशी नदीमा बाँध निर्माण कार्य भर्खर सुरु भएको छ । उक्त आयोजनाको सुरुङ २०७९ साल असोजदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
बुधबारदेखि एमाले मकवानपुरमा प्रशिक्षण
नेकपा (एमाले) मकवानपुरले तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नेभएको छ । बुधबारदेखि शुक्रबारसम्म जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने सो दलले जनाएको छ ।
सूचना प्रविधि क्षेत्रबाट मुलुकको अर्थतन्त्रमाथि उठाउन सकिन्छ : अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकिने बताउनुभएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले देशभित्र केही गर्न युवालाई आह्वान गर्नुभएको हो ।
चार वेदका अनुवादक तिलक लुइटेलको निधन
चार वेदका अनुवादक तिलक लुइटेलको निधन भएको छ। काठमाडौं बूढानीलकण्ठ नगरपालिका १० कपन निवासी लुइटेलको मंगलबार बिहान निधन भएको हो।
स्यार्से कालिका मेला सम्पन्न
मकवानपुरको नामटारमा स्यार्से कालिका मन्दिरमा लागेको दुई दिने मेला सम्पन्न भएको छ ।
सौराहामा हात्ती महोत्सव
पर्यटकीय नगरी सौराहामा मगलबार सुरु भएको हात्ती महोत्सव अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नुभएको छ।
सञ्चारमाध्यमले गर्ने आलोचना र खबरदारी सकारात्मक : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले गर्ने स्वस्थ आलोचना र खबरदारी सकारात्मक रहेको बताउनुभएको छ । साउथ एसिया नेटवर्क टिभीले आज आयोजना गरेको दोस्रो चाइना-नेपाल मिडिया सम्मेलनको उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले गर्ने खबरदारीले सरकारलगायत राजनीतिक शक्तिलाई गलत बाटोमा जानबाट रोक्ने धारणा राख्नुभयो ।
दोलखाको कालिनाग मन्दिरमा भव्य मेला
धान्यपूर्णिको अवसरमा दोलखाको कालिञ्चोक गाउँपालिका–८ मा रहेको कालिनाग मन्दिरमा दीप प्रज्ज्वलन सहितको मेलामा श्रद्धालु भक्तजनको भीड लागेको छ।
तस्बिरमा २०औँ राष्ट्रिय ज्यापु दिवस
नेवार समुदायका ज्यापू समुदायले आज हर्षोल्लासका साथ २० औँ राष्ट्रिय ज्यापु दिवस मनाएका छन् । यःमरी पुन्हिका दिनमा मनाउने ज्यापु दिवस त्यगं त्वाःको संयोजकत्वमा टेगंल टोलबाट र्याली तथा परम्परागत झाँकीका साथ सुरु भएको थियो।
सरकारको एक वर्ष : जलवायु कूटनीतिमा नयाँ आयाम
युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न कोप-२८ सम्मेलन अहिले नेपालमा चर्चाको विषय बनेको छ । हुन त हरेक वर्ष आयोजना हुने यस्ता कोप सम्मेलनको नेपालमा त्यति चर्चा भएको पाइँदैन तर यसपालिको कोप जलवायु परिवर्तनको सवालमा आफ्नो मुद्दासहितको दर्बिलो उपस्थितिले गर्दा पनि निकै चर्चा पाएको हो ।
युद्धस्तरमा भूकम्प प्रभावितको उद्धार
गत कात्तिक १७ गते शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका एकसय ५७ जनाको मृत्यु भयो, हजारौँको सङ्ख्यामा घाइते भए ।
परम्परागत मौलिक संस्कृतिको जगेर्ना साझा दायित्व : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताउनुभएको छ ।
सरकारको एक वर्ष : संविधान र सङ्घीयता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि
फरक गठबन्धन, फरक सङ्गत र फरक मान्यताका आधारमा ‘प्रचण्ड’ सरकार गठन भएको थियो । समय घर्किदै जाँदा ‘प्रचण्ड’ नेतृत्वको सरकारको गठबन्धन, स्वरुप र मान्यतामा परिवर्तन आएको थियो ।
मार्क्सवादको विकास नै आजको प्रमुख चुनौती : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
युवालाई स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा बिदेसीरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ ।
सरकारको एक वर्ष : सुनकोशी मरिण डाइभर्सनमा उल्लेख्य सफलता
प्रविधिले साथ दियो र काम गराउने मानिस राज्यप्रति इमानदार भयो भने जुनसुकै आयोजनाले पनि अपेक्षित सफलता पाउन सक्छ । त्यसको खास उदाहरण बनेको छ सुनकोशी मरिण डाइभर्सन आयोजना ।
हिटर ताप्दा निसास्सिएर पूर्ववडाध्यक्षको मृत्यु
काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका(१ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ । चिसोका कारण हिटर र आगो बालेर सुत्नु भएका ८२ वर्षका पूर्व वडा अध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सरकारको एक वर्ष : नीति तथा कानुन निर्माणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय केन्द्रित
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ ।
मरिण खोलामा तटबन्ध निर्माण गरिने
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माण गरिने भएको छ ।सुनकोसी नदीको पानी सुरुङमार्फत मरिण खोलामा खसाइने छ । सोही क्रममा मरिण