गुणस्तरहीन रेगुलेटर बिक्रीमा रोक
नेपाल गुणस्तर तथा नापतौल विभागले खाना पकाउने एलपी ग्यासको सिलिन्डरमा प्रयोग गरिने एलपिजी रेगुलेटर मापदण्डविपरीतको भेटिएपछि बिक्रीमा रोक लगाएको छ । विभागको अनुगमन टोलीले अनुगमनका क्रममा काठमाडौँको महाबौद्धमा रहेको महाराजा टे«डर्समा गुणस्तर चिह्न (एनएस) नलिएका रेगुलेटर बिक्री गरेको भेटिएपछि उक्त पसलमा रहेका रेगुलेटर बिक्रीमा रोक लगाएको हो ।
विश्व बैङ्क समूहको ‘नेपाल साझेदारी कार्यढाँचा’ सार्वजनिक
विश्व बैङ्क समूहले नेपाल साझेदारी कार्यढाँचा (कन्ट्री पार्टनरसिप फ्रेमवर्क फर नेपाल–२०२५–२०३१) सार्वजनिक गरेको छ । आगामी सात वर्षका लागि नेपालमा विश्व बैङ्क समूहको प्रस्तावित रणनीतिक साझेदारी तथा सहकार्यको योजनासहित कार्यढाँचा ल्याइएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ ।
आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना
हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अनेरास्ववियुमा मेधावी युवाको वर्चस्व
क्लिनिकल साइकोलोजीमा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस गर्नुभएका ३२ वर्षीय डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडरियासँगै अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट तीन जना डाक्टर र १३ जना इन्जिनियर विजयी बनेका छन् ।
सहरमा बाढीको सन्त्रास
काठमाडौँ उपत्यकावासीले सहरी बाढीको प्रताडना भोग्न सुरु गरेको झन्डै एक दशक भइसकेको छ । बर्खा याममा परेको पानीको निकास नहुँदा, खोला, नदीको बहाब क्षेत्र मिचेर संरचना निर्माण गर्दा र परेको पानी सिधै खोलामा मिसिएपछि ‘सहरी बाढी’ ले खोलाकिनार र आसपासका बस्ती डुबानमा पर्ने गरेका छन् ।
घरपालुवा कुकुरमा ‘माइक्रोचिप’
काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान अभियान सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा यो अभियान सुरु गरेका हो ।
मातृभाषा बलियो भए राष्ट्र बलियो हुन्छ : सभामुख
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले लोपोन्मुख भाषाको संरक्षण संवर्धनमा राज्य संवेदनशील हुनुपर्ने बताउँदै मातृभाषा बलियो भए राष्ट्र बलियो हुने बताउनु भएको छ ।
रेमिटेन्स सेवामा आईएमईको महत्वपूर्ण योगदान
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपालमा २५ वर्षदेखि निरन्तर सेवामा कुनै कम्पनी रहनु महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौँ महानगरमा धर्मपथ महोत्सव सुरु
काठमाडौँ महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा शुक्रबारदेखि धर्मपथ महोत्सव सुरु भएको छ।
सरकारी पुनःस्थापना केन्द्र स्थापना गर्ने स्पष्ट लक्ष्य राखेका छौं : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सुविधा सम्पन्न राष्ट्रिय न्युरोसाइन्सेस सेन्टर स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
उद्यमी बन्न चाहने विद्यार्थीलाई ४० लाखसम्म ऋण दिइने
सामाजिक उद्यमशीलता प्रवर्ध्दन गर्ने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले विभिन्न कलेजमार्फत ‘उद्यमशीलता सहयोग कार्यक्रम’ सञ्चालन सुरु गरेको छ ।
'महाभोज' अन्यायमा परेका पीडितको आवाज हो : अभिनेत्री भुसाल
अभिनेत्री वसुन्धरा भुसालले सहकारी अपचलनसम्बन्धी कथामा आधारित रहेर चलचित्र ‘महाभोज’ तयार भएको बताउनुभएको छ ।
तीन जना वरिष्ठ साहित्यकार सम्मानित
गोरखापत्र संस्थानको साहित्यिक मासिक प्रकाशन मधुपर्कको ५८ औं वार्षिकोत्सवको अवसरमा तीन जना वरिष्ठ साहित्यकार सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा उहाँहरुलाई जनही ५० हजार रुपियाँ नगदसहित मधुपर्क सम्मान २०८२ ले सम्मानित गरिएको हो ।
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही
सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे । दश नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए ।
राज्यले मातृभाषा संरक्षण गर्न आवश्यक नीति बनाउनुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले राज्यले मातृभाषा संरक्षणका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
विपद् व्यवस्थापनमा तीन तहको सरकारबिच सहकार्य जरुरीः उपप्रमुख डङ्गोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताउनुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले बिदाइ भेट गर्नुभएको छ ।
तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य
गत मङ्गलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ ।
बागमती प्रदेशसभा बैठक आज बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत गरिने
बागमती प्रदेश सरकारले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८१/०८२ बागमती प्रदेशसभामा शुक्रबार प्रस्तुत गर्ने भएको छ । बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
विकट गाउँ कर्थलीमा देक्षण कैसुङ छोलिङ गुम्बा
तामाङ समुदायको बाहुल्यता रहेको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा देक्षण कैसुङ छोलिङ गुम्बा निर्माण भएको छ ।
बागलुङका पालिकामा लक्ष्यअनुसार राजस्व सङ्कलन भएन
चालु आर्थिक वर्षमा बागलुङका अधिकांश पालिकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् । लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन नसकेपछि पालिकाले आन्तरिक रुपमा अघि सारेका कार्यक्रम समेत सम्पन्न गर्न सकेका छैनन् ।