‘नीतिगत स्थिरतासँगै सुधार स्वागतयोग्य’
नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रले उठाउँदै आएको नीतिगत स्थिरतालाई प्राथमिकता दिनु स्वागतयोग्य भनेको छ । बजेटउपर शनिबार लिखित रूपमा औपचारिक प्रतिक्रिया जनाउँदै महासङ्घले आर्थिक सुधारकेन्द्रित सुझाव स्वीकार गरेको पाइएकाले त्यसको कार्यान्वयनलाई पनि प्रभावकारी बनाउन महासङ्घले आग्रह गरेको छ ।
उत्पादन बढ्दा पनि दुध अझै अपुग
मुलुक अन्डा र मासुमा पूर्ण रूपमा आत्मनिर्भर भए पनि दुधमा अझै आत्मनिर्भर हुन नसकेको तथ्याङ्कले देखाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार मुलुकमा माग अनुसार उत्पादन हुँदा अन्डा र मासुमा आत्मनिर्भर भएको हो ।
पन्ध्र जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपालमा मनसुन खण्डित
मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । नेपालमा ‘मनसुन खण्डित’ भएको छ । जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।
कोरोना सङ्क्रमण बढ्यो
भारतमा कोरोना (कोभिड–१९) सङ्क्रमण बढ्न थालेपछि नेपालमा सतर्कता अपनाउन थालिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा गत छ महिनादेखि हालसम्म एक सय जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
हीरक महोत्सव गृहकार्यमा आयोग
लोक सेवा आयोगले ७५ औँ स्थापना दिवसको अवसर पारेर बर्सैभरि कार्यक्रम गरी हीरक महोत्सव मनाउने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनापछि २००८ असार १ गते लोक सेवा आयोग स्थापना भएको हो । आयोगले स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
फैलिँदै लागुऔषधको जालो
लागुऔषधको कारोबार र प्रयोग सहरी क्षेत्रबाट क्रमशः गाउँसम्म फैलिन थालेपछि रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिएको छ ।
वंशीय सत्ताको पक्षमा एमाले छैनः नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्लो समय एमाले पार्टीप्रति भ्रम छर्ने कोशिस भइरहेको बताउनुभएको छ ।
दुर्गम गाउँमा खुल्यो ‘बर्थिङ सेन्टर’
सुरक्षित प्रसूतिका लागि गाउँमै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।
विधिपूर्वक तुलसीको दल राखियो
आयुर्वेदिक औषधीको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ ।
त्रिविको प्राध्यापक र सहप्राध्यापकको विज्ञापन विवादित
त्रिभुवन विश्वविद्यालयले करिब चार वर्षपछि प्राध्यापक तथा सह प्राध्यापकमा बढुवाको आह्वान गरेको बिषय पनि विवादित बनेको छ ।
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने
यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ ।
दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशङ्कर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।
‘परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले काम गरिरहेको छ’
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।
प्रमुख देवकोटाद्वारा इदको शुभकामना
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–अजह बकर इदको अवसरमा स्वदेश तथा विदेमा रहेका इस्लामधर्मी दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
खानेपानीमन्त्री प्रदीप यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
कामपामा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
काठमाडौँ महानगरपालिको न्यायिक समितिमा आउने सबैभन्दा धेरै विवाद घर भवन खाली गराइपाउँ भन्ने रहेको छ ।
क्षतिग्रस्त विद्यालय पुनर्निर्माण हुँदै
सिन्धुली जिल्लामा गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त सामुदायिक विद्यालय धमाधम पुनर्निर्माण भइरहेका छन् । बाढीपहिरोबाट क्षतिग्रस्त गोलन्जोर गाउँपालिका–३ स्थित कुशेश्वरी प्राविको चार को
बिस करोडको किताब बिक्री
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय भरतपुरले यस वर्ष २० करोड रुपियाँभन्दा धेरैको किताब बिक्री गरेको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ २२ गतेसम्म २० करोड १४ लाख ३
पूर्व सांसद भूसालद्वारा दल परित्याग
पूर्वसांसद तीर्थ भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस परित्याग गरी केही वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका भुसालले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।
नेपाली समुदायमा विकराल बन्दै मानसिक समस्या
पछिल्लो समय नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएको विज्ञले बताएका छन् । मानसिक स्वास्थ्यसम्बन्धी काम गर्दै आएको बहुसंस्कृतिक मनोसामाजिक नेपाल(टिपिओ नेपाल)को २० औँ वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छाले पछिल्लो समय नेपाली समुदायमा मानसिक समस्या विकराल बन्दै गरेको बताउनुभयो ।
समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदको शुभकामना व्यक्त गर्नुभएको छ ।
यसरी मनाइँदैछ बकर ईद (फोटो फिचर)
मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) शनिबार देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार
आख्यानकार विजय हितानको लाहुरेको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको रु दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो ।