पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा
लगातारको हिँडाइले थाकेका गोडा पटक्कै उकालो सरिरहेका थिएनन् । तर, चितवनकी अर्चना कार्कीको पदयात्रा रोकिएन ।
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’
सरकारले निर्माण कार्यको अनुगमन, सुपरिवेक्षण, सञ्चालन तथा परामर्श सेवाका लागि आवश्यक पर्ने अस्थायी प्रकृतिको जनशक्ति व्यवस्थापनका लागि ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि, २०८१’ कार्यान्वयनमा ल्याएको छ ।
प्रदेश लोक सेवाको स्थापना दिवस : आयोगको जटिलता फुकाउन प्रयासरत
। प्रदेश लोक सेवा आयोगको विश्वसनीयता र गुणस्तरीयता कायम राख्न सबैको सहयोग र सहकार्य आवश्यक भएको औँल्याइएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको पाँचौ स्थापना दिवसका
‘लोकतान्त्रिक मूल्यमान्यताप्रति अडिग पूर्वसभामुख ढुङ्गाना’
सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्शलाई मुखरित गर्दै सभामुखको भूमिका पनि तटस्थ हुनुपर्छ भन्ने मान्यतालाई तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले व्यवहारमै स्थापित गर्नुभयो ।
स्वतन्त्रसहित चौध जनाको उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा हुने उपनिर्वाचनका लागि वडाध्यक्ष पदमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार वडाध्यक्ष पदका लागि पाँच जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’
डम्बरबहादुर बस्नेतको ‘प्रारम्भिक तथा जीवनोपयोगी शिक्षा’ पुस्तक सार्वजनिक भएको छ ।
लामिछानेलाई अर्को पक्राउ अनुमति
जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ ।
वैदेशिक लगानी प्रतिबद्धता सत्र अर्ब
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकमा १७ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
अब रोबोटले दिन्छ टेलिकमको जवाफ
नेपाल टेलिकमको प्रादेशिक कार्यालय सुन्धाराबाट एक वर्षदेखि मासिक रूपमा उत्कृष्ट कर्मचारीको छनोट गरिँदै आएको छ ।
चौधरी ग्रुपले तिर्यो अठार अर्ब राजस्व
चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रुपियाँ कर तिरेको जनाएको छ ।
दुर्गमका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले काठमाडौँ उपत्यकामा आई डेरा गरी बस्ने स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने दुर्गम र अति दुर्गम क्षेत्रका विद्यार्थीका लागि विद्युतीय चुलो वितरण गर्न थालेको छ ।
‘अधिकार प्रयोग गर्दा आयोगसँग नडराउनूस्’
प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरी जिम्मेवारी पूरा गर्दा नडराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूलाई अनुरोध गरेको छ ।
सत्ताइस स्थानीय तहको विदेशमा भगिनी सम्बन्ध
ललितपुर महानगरपालिकाले गत छ महिनाअघि मात्र दक्षिण कोरियाको चेओरोन सहरसँग भगिनी सम्बन्ध कायम ग¥यो ।
उपनिर्वाचन : ४२ पदका लागि ४०७ को उम्मेदवारी
आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि चारसय सात जनाको मनोयनपत्र दर्ता भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त जम्मा आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
रविलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको विरोध प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।
कीर्तिपुर नगर प्रमुखमा २० उम्मेदवारी, ११ जना स्वतन्त्र
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार २० जनाको उम्मेदवारी परेको छ। कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गर्नुभएको छ।
तनहुँ बस दुर्घटना हुँदा चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-५ गोरचौतारामा आज भएको बस दुर्घटनाका घाइतेमध्ये एक चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश सदस्य सचिव लामा सम्मानित
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव दीपक लामालाई आइतबार सम्मान गरेको छ ।
सिकलसेल उपचारका लागि वार्ड स्थापना
थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ ।
श्रीलङ्काली कम्युनिष्ट पार्टीले गरेको सफलताप्रति एमालेको बधाई
श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा (एमाले) ले खुसी प्रकट गरेको छ ।
कीर्तिपुर नगरप्रमुखमा १७ को उम्मेदवारी, स्वतन्त्र नौ जना
कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३ः४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुर नगरपालिका कार्यवाहक प्रमुखको कार्यकक्षमा तोडफोड
कीर्तिपुर नगरपालिकाका कार्यवाहक प्रमुख शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड भएको छ।कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृतलाई भेट्न जानुभएका वडा नम्बर ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले धेरै समय कुर्नु परेको भन्दै कार्यकक्षमा तोडफोड गर्नुभएको हो।