यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
केराको बिमा रकम पाएनन् किसानले
यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो ।
विद्युत् आपूर्ति रोक्ने चेतावनी
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता ‘टेक एन्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधान अनुसार गर्ने घोषणाविरुद्ध ऊर्जा उत्पादकले चरणबद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ ।
नेपालको टीपीएस खारेज, दुई महिनाभित्र अमेरिका छोड्नुपर्ने
अमेरिकी गृह सुरक्षा विभागले नेपालको अस्थायी संरक्षित स्थिति (टीपीएस) खारेज गरेको छ । बिहीबारबाट लागू हुने गरी ६० दिनभित्र अमेरिकामा बस्दै आएका नेपालीहरुले स्वैच्छिकरुपमा अमेरिका छोड्नुपर्नेछ वा अन्य वैकल्पिक कानुनी मार्ग अपनाउनुपर्नेछ ।
बढ्यो वैदेशिक रोजगारीमा ठगी
वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्म ठगीका नौ हजार ८६६ उजुरी दर्ता भएका छन् ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ ।
आगामी आर्थिक वर्षको खरिद प्रक्रिया थाल्न निर्देशन
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।
उत्पादन बढाउन बजेट केन्द्रित
सरकारको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा राष्ट्रिय सभाका सदस्य सत्तापक्ष र विपक्षमा विभाजित भएका छन् । सत्तापक्षका सदस्यले बजेट उत्पादन बढाउने, रोजगारी सिर्जना गरेर समृद्धि हासिल हुनेमा केन्द्रित भएको बताउनुभएको छ । सत्ताइतरका सदस्यले भने बिचौलिया र पुँजीवादलाई प्रश्रय दिने बजेट आएको टिप्प्णी गर्नुभयो ।
कृषिसम्बन्धी जिज्ञासामा ‘कनेक्ट किसान एआई’
‘कनेक्ट किसान’ को कृत्रिम बौद्धिकता (एआई) सल्लाह प्रणालीको क्षमता परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ ।
चार परियोजनाको लगानी स्वीकृत, यस्तो हुने छ मुक्तिनाथ केबुलकार
लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बोर्डको ६४ औँ बैठकले यस्तो निर्णय गरेको हो ।
पूर्वप्रम नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, मागदाबी यस्तो छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदभन्दा बढी जग्गा किन्न, बेच्न तथा सट्टापट्टा गर्न अनुमति दिएको आरोपमा आयोगले बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । आयोगले नेपाललाई १८ करोड ५८ लाख ५० हजार रुपियाँ बिगो दाबी तथा भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरेको छ ।
राजधानी जोड्ने विकल्प बन्दै
मुलुकका अन्य भू–भागलाई राजधानीसँग जोड्ने मुख्य नाकाका रूपमा रहेको कलङ्की–नागढुङ्गा–नौबिसे सडकखण्डको विकल्पका रूपमा अगाडि सारिएको धार्के–सीतापाइला सडकखण्डको काठमाडौँतर्फको कालोपत्र सम्पन्न भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी घिमिरेलाई
काठमाडौँ, जेठ २२ गते । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
आजदेखि मह मेला सुरु
काठमाडौँ, जेठ २२ गते । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि छैटौँ राष्ट्रिय मह मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकार किसानको साथमा रहेको उल्लेख गर्दै उत्पादन बढाउनतर्फ लाग्न आग्रह गर्नुभयो । नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको मह मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवन, जिम्याप नेपाल रहेको छ । मन्त्री अधिकारी भन्नुभयो, “सक्नेले दैनिक एक चम्चा मह खानुस्, स्वास्थ्यलाई फाइदा र मौरीपालक किसानका लागि पनि सहयोग हुन्छ, नेपाली उत्पादनलाई हामीले प्रोत्साहन नदिने हो भने कसले दिने रु”नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले मुख्य गरी मौरीपालक किसानका लागि चरनको भरपर्दो व्यवस्था र बजारीकरण मुख्य समस्या रहेको बताउँदै त्यसको उचित सम्बोधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानले मौरी पालेर परागशेचनमा सहयोग गरेवापत सरकारले प्रतिघार एक हजार रोयल्टी दिन जरुरी रहेको बताउँदै एक पालिकाबाट अर्को पालिकामा मौरी लैजान भइरहेको अवरोध हटाउन माग गर्नुभयो । अध्यक्ष घिमिरेले मौरी चराउन लगिएको ठाउँमा विभिन्न समूह तथा सामुदायिक वनले चन्दा माग्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।महाङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले सरकारसँग विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा आयात हुने महको भन्सार दर बढाउन आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा महको मार्ट नै खोजेर बजारीकरणका लागि काम गर्न लागिएको जानकारी दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमले मौरी चराउन जाँदा कुनै ठाउँमा राखियो भने प्रतिघारमै सामुदायिक वनले ३५० सम्म लिने गरेको भन्दै यसरी शुल्क उठाउन रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।नेपाली उत्पादन राम्ररी बिक्री नहुने तर बाहिरबाट वार्षिक चार हजार मेट्रिकटन मह आयात हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिँदै महको बजारीकरणमा सरकारको सहयोग जरुरी रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा व्यावसायिक किट विकास केन्द्रकी पूर्णिमाया क्षेत्री, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडकी अध्यक्ष जानुका थापा, उपाध्यक्ष कृष्णहरि जमरकट्टेल, विष्णुप्रसाद भट्टराईलगायतले धारणा राख्नुभएको थियो ।यही जेठ २३ गतेसम्म चल्ने मेलामा देशभरबाट आएका मह किसानका ४० वटा स्टल छन् । यहाँ मुख्यगरी सातै प्रदेशमा उत्पादित मह तथा मौरीजन्य उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । महका परिकार, मौरी र महसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया, नेपालमा पाइने मौरी तथा महको प्रदर्शनीका कार्यक्रमसमेत रहेका छन् । यहाँ एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष राखिएको छ ।
‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ ।
प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै कला प्रदर्शनी
विश्व वातावरण दिवसको अवसरमा तारागाउँ सांस्कृतिक केन्द्रमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ प्वाइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
भिजिट भिसा प्रकरण छानबिन गर्न सरकार तयार नभएसम्म संसद् खुल्दैन: माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने टिप्पणी गर्नुभएको छ ।
‘प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी’
वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
संसद्को गतिरोध अन्त्य गर्न प्रतिपक्षीलाई जिम्मेवार बन्न एमाले प्रमुख सचेतकको आग्रह
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्को गतिरोध अन्त्य गर्नका लागि प्रतिपक्षी दलहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा लागिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाः विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित
केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाउनुभयो ।
गृह मन्त्रालयको कर्मचारी भन्दै धम्काउने पक्राउ
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै प्रहरीलाईनै धम्की दिने एक जनालाई पक्राउ गरेको छ । नैनादेवी गाउँपालिका ७ पाल्पा घर भई हाल नक्साल बसोबास गर्ने ५७ वर्षीय भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक
गृहसचिव गोकर्णमणि दुवाडीले विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्य बढाउनुपर्ने बताउनु भएको छ।