कैलालीमा नदीमा डुबेर एक युवकको मृत्यु
कैलालीको जोशीपुर गाउँपालिकामा माछा मार्ने क्रममा एक युवकको पथरैया नदीमा डुबेर ज्यान गएको छ।
प्रधानमन्त्रीद्वारा राष्ट्रिय धान दिवसको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।
विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै
विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ ।
आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
रामकोट सडकमा रुखसँगै उम्रिएको आशा
पानीमा हिलो, घाममा धुलो । वर्षैँभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ ।
सचिव दुरा सम्मानित
दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ । अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी सो जातिको नाम राखेकामा समाजले सम्मान गरेको हो ।
असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।
धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गर्नुभएको छ । २२औँ राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै सभामु
धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ : उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
कृषकमैत्री प्रविधिहरूको प्रयोगमार्फत धानबालीको उत्पादन बढाउन सकिन्छ : उपसभामुख रानामगर
उपसभामुख इन्दिरा रानामगरले खाद्य सुरक्षा एवं पोषणको अवस्थामा सुधार ल्याउन तथा दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
परनिर्भरताको अन्त्यका लागि किसानलाई न्याय गर्नुपर्छ : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताउनुभएको छ ।
धान उत्पादन राष्ट्रिय आवश्यकता हो : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले धान उत्पादन राष्ट्रिय आवश्यकता र दिगो समृद्धिको अनिवार्य सर्त भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा आइतबार शुभकामना दिनुहुँदै नेपाल कृषिप्रधान देश भएकाले धान हाम्रो मुख्य बाली भएको उहाँले बताउनुभयो ।
राष्ट्रपतिद्वारा धानदिवसको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।
सामाजिक सञ्जालबाट टाढा बस्दा अध्ययनमा सफलता
नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरमा अध्ययनरत आकृतिकुमारी झाले भन्नुभयो, “पढेको कुरा बुझेर एकाग्र भएर पढ्दा सफल हुन सकिने रहेछ ।” यस वर्षको एसइई प
आज संसदबाट निजामती विधेयक पारित गरिँदै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
मेघौलीमा खुल्यो सिद्धार्थ वाइल्डलाइफ रिट्रिट
पर्यावरणीय पर्यटनमा पुनर्जागृत हुँदै गरेको चितवनको मेघौलीमा पछिल्लो समय ‘खर्चालु’ पर्यटक आकर्षित गर्न उच्चस्तरीय पर्यटकीय पूवाधार विकास हुँदै आएको छ । यसै क्रममा मेघौलीमा नेपाली हस्पिटालिटी चेन सिद्धार्थ हस्पिटालिटीले लग्जरी वाइल्डलाइफ रिसोर्ट सञ्चालनमा ल्याएको छ ।
गैँडाको आक्रमणबाट श्रेष्ठ गम्भीर घाइते
पूर्वी चितवनको पदमपुरमा गैँडाको आक्रमणबाट एक युवक घाइते भएका छन् । रत्ननगर नगर पालिका वडा नम्बर १ सगरमाथा टोल निवासी वर्ष २७ को रोहित श्रेष्ठ लाई गैँडाले आक्रमण गरी घाइते बनाएको हो ।
‘बर्खे बालीलाई पर्याप्त मल’
मुलुकका विभिन्न स्थानमा रासायनिक मल अभाव भइरहेको समाचार आइरहँदा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने धानबालीका लागि पर्याप्त मौज्दात रहेको जनाएको छ । धान बालीलाई उपयोग गर्ने गरी ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दातमै रहेको मन्त्रालयको भनाइ छ ।
चोभार गल्छीमाथि गेग्य्रान : सफाइमा विस्फोटक प्रयोग नहुने
काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदीको बहाव क्षेत्रमा थुप्रिएको गेग्य्रान व्यवस्थापनका सन्दर्भमा सरोकारवाला निकायले अध्ययन सुरु गरेका छन्
अमेरिकामा जन्मेकै आधारमा नागरिकता नपाइने
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी अधिकार सीमित नगर्न आदेश जारी गरेको छ । यो आदेश जारी भएसँगै त्यहाँका तल्ला अदालतले राष्ट्रपतिको कार्यकारी आदेशमाथि अङ्कुश लगाउन नपाउने भएका छन् ।
पाँचखाल खानेपानी सेवा सुरु
पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सेवा सुरु गरेको छ ।
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित
आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ । विधायिकी प्रक्रियामा प्रवेश गरेको पाँच महिनामा सङ्घीय संसद्को तल्लो सदनले विधेयक पारित गरेको हो ।
यो वर्ष उत्पादन बढ्ने विश्वास
असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।