राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी
मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरु भएको छ
जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी
राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको छ ।
सांसद बजगाईंविरुद्ध कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपाली बजारका शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार दुई हजार दुई सय रुपियाँले घटेको सुनको मूल्य आज एक सय रुपियाँले वृद्धि भएको हो ।
टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि
थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल प्रमुख लिली श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिएर आज स्वदेश फर्कनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।
उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो
प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।
कारचालक भुजेललाई अझै पाँच दिन थुनामा राखिने
शङ्खरापुर नगरपालिका–९ इन्द्रायणीस्थित साँखु–थली सडक खण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ ।
कम्पोष्ट मलले माटो बचाइँदै
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ ।
माओवादीले बुझायो ज्ञापनपत्र
बागमती प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बागमती प्रदेश सरकार सुस्त गतिमा चलेको जनाएको छ । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश सभाका दुई ठुला दलको सरकार कार्यसम्पादनमा सुस्त रहेको बताउनुभयो ।
‘महजात्रा’ सुरु
अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य १० वर्षको अन्तरालपछि फेरि मञ्चमा एकसाथ आउनुभएको छ ।
अत्याधुनिक र गुणस्तरीय सेवा हाम्रो लक्ष्य
नेपालमा बैङ्किङ प्रणालीको संस्थागत विकासको पाइला ८८ औँ वर्षमा प्रवेश गरेको छ ।
दसैँ र तिहारका सामान अझै चीनमा
दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् ।
गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभएको छ ।
कम उमेरमै देखिन थाल्यो मधुमेह
वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।
आइटीमार्फत रोजगारी सिर्जना : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवाका लागि ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
रास्वपाका सांसदविरुद्ध अवहेलना मुद्दा, मङ्सिर ३ मा सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय पदाधिकारीसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
‘अख्तियारसँग डराउनु पर्दैन’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पदीय जिम्मेवारीमा रहने सबैले कानुनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोग/संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
त्रिवि सेवा परीक्षा सञ्चालनमै सकस, उपप्राध्यापक छान्न लोक सेवा
शिक्षक, विद्यार्थी र कर्मचारी आन्दोलनका कारण थिलोथिलो बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) पछिल्लो समय आफैँलाई आवश्यक उपप्राध्यापक तथा कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गर्नसमेत असमर्थ बनेको छ ।
बढ्यो वायु प्रदूषण
नेपालमा वायु प्रदूषण उच्च हुँदै गएको छ । केही दिनयता वायु प्रदूषण उच्चस्तरले बढ्दै गएको वातावरण विभागले जनाएको छ ।
एकै परिवारका तीनजना मृत फेला
काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीनजना मृत भेटिएका छन् ।
निशान ट्रक दुर्घटनामा दुईजनाको मृत्यु
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग
नेपाली काँग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग पनि गर्नु भएको छ ।
पशुपति धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास कोष स्वामित्वको पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ ।