• २३ जेठ २०८२, शुक्रबार

सुनचाँदीको मूल्य सामान्य वृद्धि

blog

काठमाडौँ,  जेठ २१ गते ।  अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा पाँच सय र चाँदी  ३० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् । रासस