केदार तिमल्सिना
बनेपा, जेठ २१ गते । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पनौतीबाट–मेदाम्सु जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको यात्रुवाहक बस बेथानचोक गाउँपालिका–६ भुग्देउबाट तावरे जाने बाटोमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले दुर्घटनामा बनेपा नगरपालिका ९ बस्ने ६५ वर्षकी कृष्णमाया तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ । प्रहरीले दुर्घटनामा चालकसहित तीन जना सामान्य घाइते भएको र उहाँहरूको धुलिखेल अस्पतालमा उपचार भएको जनाएको छ । सडक चिप्लो भएका कारण सडकबाट बस चिप्लन गई दुर्घटना भएको बताइएको छ ।