प्रथम नेपाल चिकित्सक सङ्घ खेलकुद प्रतियोगिता हुने
नेपाल चिकित्सक सङ्घको आयोजनामा प्रथम नेपाल चिकित्सक सङ्घ (एनएमए) खेलकुद प्रतियोगिता हुने भएको छ ।
जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट
चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ। जाडो मौसममा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको सङ्क्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो।
नागढुङगा सडक एक साताका बन्द हुने
नागढुङगा सडक बिहीबारदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ।
नारायणगढ–बुटवल सडक निर्माणका विषयमा छिट्टै टुङ्गोमा पुग्छौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुगिने बताउनुभएको छ ।
‘जीवनशैली नसुधारे १८ देखि २० प्रतिशतमा मधुमेह’
पछिल्लो समय मधुमेह महामारीको रूपमा देखा पर्दै गइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार विश्वमा ४२ करोड २० लाख मानिसमा मधुमेह छ ।
प्रदेशसभा सदस्य गौचनको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त
नेपाली कांग्रेसले नेपाली कांग्रेसकी नेतृ एवम् गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनप्रति दुःख व्यक्त गरेको छ ।
घरघरमा धारा, खानेपानी जोहाे गर्न कुवातिर
चितवनको इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आँगमनै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् ।
शिक्षामन्त्री भट्टराईद्वारा कार्यालयहरूको छड्के निरीक्षण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहको बिहीबार आकस्मिक निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी उहाँले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको हो ।
‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो ।
मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ ।
उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई उपप्रधानमन्त्री सिंहको आग्रह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ ।
लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
सरकारले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यकामा सक्रियता बढाएको छ । महिला, बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना स्थापना गरेको छ ।
वैदेशिक लगानी प्रवर्द्धनमा नेपाली राजदूतले अग्रसरता लिनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन नेपाली राजदूतहरुले अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो
स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ ।
जाडो छल्न आगन्तुक चरा चितवनमा
जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका तीन खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् ।
कात्तिक नाचमा वराह र हिरण्याक्षको युद्ध
हिजो बुधबार द्वादशीका दिन कात्तिक नाचको क्रममा वराह अवतार नाच देखाइएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा हुने कात्तिक नाचको बराह अवतारमा कृष्ण र इन्द्रको प्रस्तुती हुन्छ ।
कर्मचारी महासङ्घद्वारा बाढी पहिरो पीडितका लागि आठ लाख सहयोग
नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढी पहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ ।
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
विसंं २०२० मा त्रिशूली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु. आठ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो ।
सागको मुठा बनाउँदै
भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित बाेडेमा बिक्रीका लागि बजार पठाउन सागको मुठा बनाउँदै स्थानीय किसान ।
नागसहितको शिवलिङ्ग
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा ।
उपकरण मर्मतमा ढिलाइ हुँदा अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन
निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझै उत्पादन सुरु हुन नसकेको हो ।
बस्ती स्थानान्तरण गर्न स्थानीय तहको आग्रह
असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बस्ती जोखिममा रहेको भन्दै काभ्रेपलाञ्चोक जिल्लामा रहेका छ वटा स्थानीय तहले बस्ती स्थानान्तरणका लागि अनुरोध गरेका छन् । जिल्लामा रहेका १
कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर
निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कलाकारद्वयसँग ललितकला संवाद
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा बुधबार कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग ललितकला संवाद सम्पन्न भएको छ ।