पहिरोजन्य प्रकोपको जोखिम उच्च
बागमती प्रदेशमा प्राकृतिक तथा मानव सिर्जित विपत्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ । विपत्को पूर्वतयारी र विपत्पछिको उद्धार राहतलगायतका सवालमा छलफल गरिएको छ । मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) ले आयोजना गरेको ‘हेलो सांसद’ सार्वजनिक सुनुवाइमा वक्ताले विपत् नियन्त्रणमा तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालद्वारा छुवाछूत अन्त्यका लागि योगदान गर्न आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ ।
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ ।
बागमती प्रदेशमा चलचित्रसम्बन्धी विधेयक
बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापनाको सात वर्षपछि चलचित्र क्षेत्रलाई व्यवस्थित र प्रदेशको आम्दानीको स्रोत बनाउन प्रदेश चलचित्रसम्बन्धी विधेयक ल्याएको छ ।
‘शर्माका चित्रमा इतिहास झल्किन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका चित्रमा इतिहास झल्किएको बताउनुभएको छ ।
चल्न थाले सार्वजनिक सवारी साधन
यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।
कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउनुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
घरेलु श्रमिकको अधिकारका लागि कानुन आवश्यक
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वेदशमा घरेलु श्रमिकका रूपमा काम गर्ने श्रमिकको अधिकार सुरक्षाको विषय कानुनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मलको बजेट र कोटा वृद्धि
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रासायनिक मल खरिद गर्न ८७ करोड रुपियाँ बजेट वृद्धि गरेको छ । किसानलाई अनुदानमा मल उपलब्ध गराउन आउँदो वर्षका लागि बजेट बढाएर २८ अर्ब ८२ करोड रुपियाँ पु¥याएको हो ।
जातीय विभेदविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख
सभामुख देवराज घिमिरेले सामाजिक सद्भाव, समता र सहअस्तित्वको भावना मजबुत बनाउँदै जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा सबै नागरिक, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, शैक्षिक संस्था तथा सरोकारवाला पक्षहरू एकढिक्का भई लाग्न अत्यावश्यक औँल्याउनुभयो ।
सात वर्षमा तीन खर्ब अठसट्ठी अर्ब उपलब्ध गराउने
विश्व बैङ्कले आगामी सात वर्षमा नेपाललाई करिब तीन खर्ब ६८ अर्ब रुपियाँ अर्थात् दुई अर्ब ७० करोड अमेरिकी डलर सहायता उपलब्ध गराउने भएको छ ।
छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राज्यका सबै संरचना, राजनीतिक नेतृत्व, नागरिक समाज तथा आम नेपाली जनताले मानव जातिको इतिहासमा सामाजिक कलङ्ककै रुपमा रहेको जातीय विभेद तथा छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता औँल्याउनुभएको छ ।
वैदेशिक रोजगारीको करिब चालिस प्रतिशत युएईमा मात्र
नेपालको वैदेशिक रोजगारीको करिब ४० प्रतिशत हिस्सा संयुक्त अरब इमिरेट्स (युएई) मा केन्द्रित भएको छ ।
विपत् न्यूनीकरणमा स्थानीय तहलाई जिम्मेवार बनाइने
सरकारले मनसुनजन्य विपत् न्यूनीकरण गर्न स्थानीय तहलाई जिम्मेवार बनाउने रणनीति थालेको छ । सङ्घीय प्रणालीबाट केन्द्रीकृत ढाँचामा देशभरको विपत् न्यूनीकरण कार्य असहज हुँदै गएकाले स्थानीय तहलाई स्रोतसाधन सम्पन्न बनाएर जिम्मेवार बनाउने रणनीति सरकारले लिएको हो ।
घाँस प्रयोग गर्नै जान्दैनन् किसान
पशुलाई खोले र पराल खुवाए मात्रै पुग्छ भन्ने मान्यताबाट नेपाली पशुपालक किसान अघि बढ्न नसक्दा कम लागतमा धेरै दुध र मासु उत्पादन गर्न सकिरहेका छैनन् । वर्षाको मौसममा त्यसै खेर जाने घाँसलाई सही रूपमा प्रयोग गर्न नसक्दा हिउँदमा पौष्टिक खाना पशुलाई खुवाउन नसकेर उत्पादन बढ्न सकेको छैन ।
नोकरी साठी वर्षसम्म पेन्सन अन्ठाउन्नको मात्रै
सङ्घ र प्रदेशमा कार्यरत कर्मचारीको अवकाश उमेरहद फरक फरक हुँदा समायोजन भई सेवाबाट अवकाश लिएका कर्मचारीको सेवा अवधि घटाएर मात्र पेन्सन पट्टा बन्ने गरेको छ । अहिले सङ्घीय निजामती कर्मचारीको अवकाश उमेरहद ५८ वर्ष छ भने सात वटै प्रदेश सरकारले बनाएको प्रदेश निजामती सेवा ऐनले प्रदेशभित्र कार्यरत कर्मचारीको अवकाश उमेरहद ६० वर्ष कायम गरेको छ ।
सिन्डिकेटले यात्रुलाई सास्ती
सार्वजनिक यातायात व्यवसायीले सिन्डिकेटको संरक्षणमा उपभोक्ताको अधिकार हनन हुने गरी गैरकानुनी रूपमा गरेको सार्वजनिक सवारी बन्दले यात्रु अलपत्र मात्र परेका छैनन्, उनीहरूको संवैधानिक हकसमेत कुण्ठित भएको छ ।
पीडितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीहरुले छलफल गर्नुभएको छ ।