• २४ जेठ २०८२, शनिबार

सिकार खेल्न गएका युवकको छर्रा लागेर मुत्यु

blog

कमल शर्मा
दैलेख, जेठ २३ गते ।
सिकार खेल्न गएका युवकको छर्रा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका –४ काप्रीखोलाका ३५ वर्षीय पूर्णबहादुर सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले सिकार खेल्न गएका सूर्यबहादुर थापा बलामी लडेको बेला भरुवा बन्दुक पड्कीदा  मगरको छातीमा छर्रा लागेर घटनास्थलमै मुत्यु भएको जानकारी दिनुभयो ।

उहाँले भरुवा बन्दुकसहित बलामी र ओमबहादुर थापा बलामीलाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको बताउनुभयो ।

मृतकको शव जिल्ला अस्पताल दैलेखमा ल्याउँदै गरेको र पोष्टमाटमका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो ।