• २४ जेठ २०८२, शनिबार

ह्युम पाईप बगाएपछि कान्ति लोकपथ बन्द

blog

मकवानपुर भीमफेदी गाउँपालिका ८ र ललितपुर बागमती गाउँपालिका २ बगुवास्थित बागमती नदीमा बेलीब्रिज जडान हुँदै । तस्बिर राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, जेठ २३ गते ।
हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ आयोजनाअन्तर्गत बगुवामा डाईभर्सन बाटोमा प्रयोग भएको ह्युम पाईप बगाएपछि पूर्णरुपमा बन्द भएको छ ।

कान्ति लोकपथ आयोजनान्तर्गत मकवानपुर र ललितपुर जिल्लाको सिमामा रहेको बगुवास्थित बागमती खोलामा बुधबारबाट ह्युम पाईप राखेर डाईभर्सन गरी बाटो सुचारु गरिएकोमा बिहीबारबाट पुनः सडक अवरुद्ध बनेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बागमती खोलामा पानीको बहाव बढ्न गई डाईभर्सन बाटोमा प्रयोग भएको ह्युम पाईप बगाएपछि बाटो बिहीबारबाट पुनः पूर्णरुपमा अवरुद्ध भएको हो ।

मकवानपुर भीमफेदी गाउँपालिका ८ र ललितपुर बागमती गाउँपालिका २ बगुवास्थित बागमती नदीमा बेलीब्रिज जडान कार्यभइरहेको छ ।

गत वर्षको असोजको दोस्रो साता आएको बाढीले पुलको पहुँच मार्ग बगाएपछि डाईभर्सन बाटो बनाएर सडक सुचारु गरिए पनि बागमतीमा आउने बाढीले ह्युम पाईपसमेत बगाउने गरेको छ ।

ह्युम पाईप राखेर डाईभर्सन बाटो बनाइएपछि पटकपटक खोलामा आएको बाढी बगाएसँगै बेलिब्रिज जडान कार्य सुरु गरिएको हो ।

बेलिब्रिज जडानकै क्रममा बुधबारदेखि शनिबारसम्म चार दिनका कान्ति लोकपथ बन्द गरिएकोमा अस्थायी रुपमा बागमतीमा ह्युम पाईप राखेर सडक सञ्चालन गरिएकोमा उक्त ह्युम पाईपसमेत बाढीले बगाइदिएको छ ।

मकवानपुर भीमफेदी गाउँपालिका ८ र ललितपुर बागमती गाउँपालिका २ बगुवास्थित बागमती नदीमा बेलीब्रिज जडान हुँदै ।