शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौँ, जेठ २४ गते । मुस्लिम धर्मालम्वीहरुको दोस्रो महान् पर्व बकर इद ( इदुल जोहा) शनिबार देशभर मनाइँदै छ । बिहानैदेखि मस्जित पुगेर आफ्नो धर्मनुसार यो पर्वलाई धुमधामका साथ शुभकामना आदानप्रदान गर्दै मनाउन सुरु गरेको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।
बकर इद काठमाडौँको घण्टाघरस्थित मस्जित र अन्य मस्जितमा समेत मनाइएको छ । काठमाडौँ घण्टाघरस्थित मस्जितमा बकर इद यसरी मनाइँदै छ ।



















 
                                        
                                                    केशब गुरुङ
                                                
                                            
                                                                                            केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                