नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ ।
मुलुकलाई नयाँ गति दिनेगरी १६ औँ योजना तर्जुमा गर्दैछौँ : योजना आयोग
राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रूपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वयन हुनेगरी १६ औँ योजना तर्जुमाको तयारी गरेको बताएको छ ।
प्रधानमन्त्रीको निर्देशन : झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्ने लाइसेन्स खारेज गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अहिलेको आवश्यकता स्वच्छ राजनीति : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वच्छ राजनीति अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउनुभएको छ । समाजवादी पार्टीको राप्ती नगर कमिटीको नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।
काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने
काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
बुढानीलकण्ठ नगरपालिका–१२ कपनस्थित पसी लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माओवादीको विधान सम्मेलन फागुनमा
नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो ।
महिलाको हत्या गरी फरार व्यक्ति सात वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुस ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
जबरजस्ती गरेको आरोपमा युवक पक्राउ
रामेछापमा विद्यालयबाट घर फर्किदै गरेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जनसङ्ख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छः मन्त्री यादव
खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसङ्ख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।
योजनाबद्ध सहरको विकास गर्नुपर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजनाबद्ध सहरको विकास गर्नेतर्फ जोड दिएर स्मार्टसिटीहरूको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
जङ्गली हात्तीद्वारा घरमा क्षति
मकवानपुर मनहरी गाउँपालिका –६ स्थित नयाँबस्तीमा जङ्गली हात्तीले दुई वटा घरमा क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जङ्गली हात्तीले मनहरी गाउँपालिका ६ नयाँबस्तीका बुद्धि राईको ब्लकले बनेको एक तले घरको एकातर्फाको भित्ता भत्काएको छ ।
रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ
नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो ।
मौसमी फ्लुलाई हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव
जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा श्वासप्रश्वाससम्बन्धी र भाइरल जन्य समस्याले निकै दुःख दिने सरुवारोग विशेषज्ञ बताउँछन् ।
भरतपुर अस्पतालमा दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि
भरतपुर अस्पतालले स्वास्थ्य बीमा बोर्डको निर्णयअनुसार दीर्घरोगीलाई एकैपटक तीन महिनाको औषधि दिन सुरु गरेको छ । अस्पतालमा स्वास्थ्य बीमाको सुविधाबाट लामो समय औषधि खानेलाई तीन महिनाको औषधि एकैपटक दिने व्यवस्था गरिएको हो ।
सर्वोच्चका ६ न्यायाधीशको शपथ ग्रहण आजै
सर्वोच्च अदालतमा नियुक्त भएका ६ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गर्नुभएको सर्वोच्चका ६ जना न्यायाधीशले बिहीबार दिउँसो शपथ ग्रहण गर्न लाग्नुभएको हो ।
नागार्जुन नगरवासीलाई निः शुल्क रगत
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानु परे सेवा शुल्क तिर्नु नपर्ने भएको छ । यस्तो शुल्क विसं २०८१ मङ्सिरसम्मका लागि नगरपालिकाले व्यहोर्ने गरी केन्द्रीय रक्तसञ्चार सेवा र नगरपालिकाबीच सम्झौता भएको छ ।
नेताहरूमाथिको पक्राउ पुर्जी अनुचित : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविव्रmम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ पुर्जी अनुचित भएको बताउनुभएको छ ।
अबदेखि क्युआर स्क्यान गरेर कर तिर्न सकिने
चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ ।
सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष
नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ ।
कार्यसम्पादन समीक्षा गर्न सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै मन्त्रालयका मन्त्री तथा सचिवलाई मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न सुझाव दिएको छ । आयोगले केही समयअघि नेपाल सरकारका सचिव, सार्वजनिक संस्थान, विभागीय प्रमुख तथा नियामक निकायका प्रमुखसँग गरेको अन्तर्क्रियाको विश्लेषण गरेर यस्तो सुझाव दिएको हो । आयोगले नेपाल सरकारका सचिव र विभागीय प्रमुखसँग तथा सार्वजनिक संस्थान र नियामक निकायका प्रमुखसँग छुट्टाछुट्टै अन्तर्क्रिया गरेको थियो ।
द्रुतमार्ग निर्माण समयमै सक्न निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।