काठमाडौँ, पुस ५ गते । नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ ।
पार्टी मुख्यालय ललितपुरमा भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । “अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ”, उहाँले भन्नुभयो, “जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ ।”
यसैगरी बैठकमा एनसेल शेयर बिक्री प्रकरण र भारतको संसद्मा रहेका सांसदमाथि गरिएको निलम्बनबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । उहाँले यही पुस ८ गते दिउँसो १ बजे ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’को बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताउनुभयो ।