काठमाडौं, पुस ६ गते । जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्ने क्रममा रहेको जनाएको छ ।
हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेपनि देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।
महाशाखाले शुक्रबार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने जनाएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाले हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको हुने सम्भावना रहेकाले तापक्रम हल्का घट्न सक्ने जनाएको छ ।
महाशाखाका अनुसार पहाडी र तराईका क्षेत्रमा हल्का तापक्रम घट्ने देखिएको छ भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । साथै तराईका क्षेत्रमा हल्कादेखि मध्यम हुस्सु कुहिरो लाग्ने छ ।