अनिल पराजुली
हेटौँडा, पुस ६ गते । मकवानपुरको बागमती गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ बागमती–८ साततलेमा बागमती प्रदेश ०३–००२ प ३२६५ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४२ वर्षीय अमर पाख्रिन गम्भीर घाइते हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । तीव्र गतिका कारण मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।