• ७ जेठ २०८१, सोमबार

भूकम्पपीडितलाई राहत वितरण

blog

फाइल तस्बिर

काठमाडौँ, पुस ६ गते । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १ र २ का आठ सय घरधुरीलाई ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो । 

तिहारमा देउसीभैलो खेलेर संकलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिबाट संकलित रकमले राहत सामग्री वितरण गरिएकोउक्त समितिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । भूकम्पपीडितका लागि जाडोबाट जोगिन कम्बल तथा चामल, तेल, दाल, चिउरालगायत पदार्थ वितरण गरिएको थियो ।

भूकम्पबाट पीडित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ र ३ मा धेरै मानिसको मृत्यु हुनाका साथै करोडौँको जनधनको क्षति भएकाले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको सो समितिले जनायो । समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका संरक्षक विभूजी महाराजलगायत समितिका अन्य पदाधिकारी  राहत वितरणमा सहभागी हुुनुहुन्थ्यो । त्यसअवसरमा  भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उहाँहरुको स्वागत गर्दै राहात सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गर्नुभएको थियो । रासस