• १२ मंसिर २०८१, बुधबार

प्रदेश प्रमुख शर्मा पुनः अस्पताल भर्ना

blog

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएका प्रदेश प्रमुख शर्मा । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, मङ्सिर ३० गते । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा स्वास्थ्यमा समस्या आएपछि पुनः अस्पताल भर्ना हुनुभएको छ । मङ्सिर २८ गते बिहीबार उहाँ अस्पताल भर्ना हुनुभएको हो । 

मङ्सिर २३ गतेदेखि २७ गतेसम्म हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चाबहिलमा उपचारार्थ भर्ना हुनुभई स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि पुनः अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । 

यसअघि स्वास्थ्य परीक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको थियो । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।