दोलखा समाचारदाता
दोलखा, मङ्सिर ३० गते । दोलखाको सदरमुकाम चरीकोटस्थित भीमेश्वर नगरपालिका–६ मा नगरकै महìवपूर्ण योजनाका रूपमा लिइएको बुद्धपार्कको निर्माण अलपत्र परेको छ । पाँच वर्षअघि निर्माण सुरु भएको यो पार्कको आर्थिक अभाव भएपछि निर्माण अलपत्र परेको वडाध्यक्ष नवीन लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेश सरकारको ५० लाख, सांसद विकास कोषको ५० लाख र भीमेश्वर नगरपालिकाको २५ लाख रुपियाँमा आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको हो । त्यसपछि प्रदेशले पनि बजेट दिएन । नगरको सानो बजेटले निर्माण अघि नबढ्ने हुँदा कहीँकतैबाट पहलसम्म पनि भएन र निर्माण अलपत्र परेको हो ।
निर्माणका लागि १० फिट -यापिङ ढलान भएको छ । ढलानमाथि पिल्लरसमेत निर्माण भएको छ । यो ढलान गरी त्यसमाथि बुद्धको मूर्ति राख्ने विस्तृत परियोजना प्रस्तावमा उल्लेख रहेको छ । डिपिआर अनुसार निर्माण सम्पन्न गर्न थप करिब १० लाख रुपियाँ लाग्ने छ । आर्थिक अभावसँगै कोरोना महामारीका कारण निर्माण रोकिएको हो । धार्मिक तथा पर्यटकीय महìवको यो पार्क निर्माण सम्पन्न गर्न प्रदेशलाई आग्रह गर्न लागिएको वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।