• २७ वैशाख २०८२, शनिबार

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु

blog

काठमाडौं जिल्ला अदालतमा सुरु भयो टोकन प्रणाली । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस २ गते । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो ।

टोकन प्रणालीको सुरुवात गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं जिल्ला अदालत बार एसाेसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भीड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको बताउनुभयो । उहाँले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भीड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ । काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौँ । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तिमा सहज ढङ्गगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’’

उहाँले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताउनुभयो । उहाँले अबबाट उभिएर सेवा लिनुपर्ने असहजता नहुने बताउनुभयो ।