मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना : प्रतिवेदन
गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ ।
दोलखा महोत्सवको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने
दोलखा महोत्सवको तयारी पूरा भएको छ । दोलखा उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रङ्गशालामा १० दिने वृहत् दोलखा महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ।
युवा लक्षित स्टार्टअप बिजनेसलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूका निम्ति स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो ।
ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सी व्यवस्थित गरिँदै
सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाले फोहोर विसर्जन गर्ने स्थल ल्याण्डफिल्ड साइट क्वान्द्रे खोल्सीलाई व्यवस्थित गर्न सुरु गरेको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा दैनिक उत्पादन हुने फोहोर जथाभाबी विसर्जन गर्दा कमलामाई नगरपालिका–५ स्थित क्वान्द्रे खोल्सी कुरूप बन्दै गएपछि त्यसलाई व्यवस्थित गर्न लागिएको नगरपालिकाले जनाएको हो ।
देवघाटधाम क्षेत्रको सरसफाइ
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द यूथ ‘वे’ ग्रुपका युवाले छ हप्तादेखि देवघाट क्षेत्रको नियमित सरसफाइ गरेका हुन् । उनीहरूले आठ वर्षदेखि नियमितरुपमा भरतपुरमा सरसफाइ गर्दै आएका छन् ।
प्रधानमन्त्रीको सङ्कल्प, ‘सम्बोधन अक्षरशः लागू गरिन्छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत मङ्गलबार राष्ट्रका नाममा गरिएको सम्बोधन नेपाल सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरशः लागू गरिने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
मानव सेवा आश्रममा आश्रित दुईको मृत्यु
मकवानपुरको हेटौँडा-९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ ।
सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक छ : मुख्यमन्त्री जम्कट्टेल
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले सङ्घीयता कार्यान्वयनको सुरुवात सन्तोषजनक रहेको बताउनुभएको छ ।
वैतेश्वरका ग्रामीण सडक धमाधम ढलान हुँदै
जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका मुख्य ग्रामीण सडक धमाधम ढलान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने मुख्य ग्रामीण सडक ज्यामिरे बगर सडक र वडा नम्बर–६ को नाम्दु घिमिरेटार सडकको पहिलो चरणको ढलान गर्ने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ ।
जाडोमा बालबालिकालाई 'रोटा भाइरस'बाट कसरी बचाउने?
विश्वमा रोटा भाइरसको सङ्क्रमणबाट बर्सेनि झन्डै साढे चार लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।
नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट बालकुमारीमा सुरु हुनेछ । आजको बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक बुधवारबाट सुरु भएको हो ।
काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । बुधवार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज बिहीबार सन्दीप पक्षका वकिलको बहस हुनेछ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका छन् ।
सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुँदै
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका छन् ।
‘मतिना पारु’ अर्थात् माया गर्ने दिन
नेवार समुदायमा यःमरी पुन्ही (पूर्णिमा) को भोलिपल्टलाई ‘मतिना पारु’ अर्थात् माया गर्ने दिनका रूपमा लिने गरिन्छ । नेवारी समुदायमा करिब करिब लोप भइसकेको प्रेम दिवसबारे सामाजिक सञ्जालमा भने शुभकामना दिनेहरूको सङ्ख्या अधिक रहेको छ । युवापुस्ताले आफ्नो संस्कृति बचाउन वसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरी ‘मतिना पारु’ हर्षोल्लासका साथ मनाएका छन् ।
विद्युतीय सुशासनको आधार तयार
एक वर्षको अवधिमा विद्युतीय सुशासन (इगभर्नेन्स) मार्फत सेवा प्रवाहको आधार तयार गर्न महत्वपूर्ण सफलता हासिल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सूचना, प्रविधि र सञ्चार क्षेत्रलाई टेवा पुग्ने गरी नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, सूचना प्रविधिको पूर्वाधार निर्माणका साथै नीति कार्यान्वयनका थुप्रै आधार तयार भएको र पछिल्ला दिनमा परिणाम देखिन थालेका छन् । यस अवधिमा सर्वसाधारण नागरिकले अनुभूत गर्ने गरी सञ्चार तथा सूचना सेवामा सुधारको प्रयास भएको मन्त्रालयको दाबी छ ।
दामन भ्यु टावर पुनः सञ्चालन
कोभिड–१९ को महामारीसँगै बन्द भएको मकवानपुरको दामनस्थित दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनमा आउने भएको छ । थाहा नगरपालिकामा सञ्चालनको जिम्मा रहेको नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक दामन भ्यु टावर निजी क्षेत्रले सञ्चालन गर्ने गरी सम्झौता भएको हो । नगरपालिका र रिसोर्टबिच २० वर्षका लागि एक करोड रुपियाँमा सञ्चालन गर्न दिने सम्झौता गरिएको छ । थाहा नगरपालिकाका वरिष्ठ सहायक सुदर्शन पहेलीले दामन भ्यु टावर रिसोर्ट प्रालिलाई २० वर्षका लागि सञ्चालन गर्न दिने गरी सम्झौता भएको जानकारी दिनुभयो ।
सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी पुरस्कार पत्रकार चौधरीलाई
स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार २०८० पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको बुधबार बसेको सचिवालय बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लिखु तामाकोशी गाउँपालिका –७ तिल्पुङ हलेदेमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
टेरामक्स खरिदबारे अनुसन्धान थाल्न लेखा समितिको अख्तियारलाई निर्देशन
दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम-टेरामक्स) खरिद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
ललितकला र सिद्धार्थ फाउण्डेसनबिच सहकार्यको सहमति
नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबिच सहकार्यको सहमति भएको छ ।
चितवनका किसान नगदेबालीतर्फ आकर्षित
चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् ।
तमु (गुरुङ) सञ्चारकर्मी सङ्घद्वारा ६ पत्रकार पुरस्कृत
तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ, नेपालले ६ जना पत्रकारलाई तमु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ ।