नवराज श्रेष्ठ
रामेछाप, पुस ११ गते । रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लिखु तामाकोशी गाउँपालिका –७ तिल्पुङ हलेदेमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा लिखुतामाकोशी गाउँपालिका–४ घर भएका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते तामाङलाई उपचारका लागि सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालले उहाँलाई मृत घोषणा गरेको हो ।
प्रहरीका अनुसार घरबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गर्नुभएका तामाङ आफैले चलाएको वाग्मती प्रदेश ०२–०३४ ख ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटना भएको थियो । मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शैलेन्द्र खड्काले बताउनुभयो ।