• ८ असार २०८१, शनिबार

मानव सेवा आश्रममा आश्रित दुईको मृत्यु

blog

साङ्केतिक तस्बिर ।

अनिल पराजुली

हेटौँडा, पुस १२ गते । मकवानपुरको हेटौँडा-९ मयूरधापमा रहेको मानव सेवा आश्रममा आश्रित दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आश्रममा आश्रित १९ वर्षीय पूजा मानव र २५ वर्षीय अमित विश्वकर्माको मृत्यु भएको हो ।

पूजालाई बाग्लुङको सडकबाट र अमितलाई मकवानपुरको बकैया गाउँपालिका-३ हात्तिसुँडेको सडकबाट उद्धार गरी आश्रमका ल्याइएको थियो । उनीहरुको मृत्युकाे वास्तविक कारण खुलाइएको छैन।

प्रहरीका अनुसार पूजाको पुस ९ गते र अमितको पुस १२ गते मृत्यु भएको हो । मानव सेवा आश्रमका अनुसार दुवै जनाको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।