सीटीइभीटीको काम सम्बन्धन बाँड्ने हैन : मन्त्री राई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को काम सम्बन्धन बाँड्ने नभएको बताउनुभएको छ ।
कार्गाे भवन प्रवेशका लागि ’फ्ल्याप गेट’ सञ्चालनमा
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आजदेखि कार्गाे भवनमा प्रवेशका लागि ‘फ्ल्याप गेट’ सञ्चालनमा ल्याएको छ । अनाधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्ने उद्देश्यले यो गेट सञ्चालनमा ल्याइएको भन्सार कार्यालयले जनाएको छ ।
मृतक विद्यार्थीको शव ल्याउन आज राति विमान इजरायल जाँदै
इजरायलबाट मृतक १० जना नेपाली विद्यार्थीको शव ल्याउन आज राति ११ बजे नेपाल एयरलाइन्सको विमान त्यसतर्फ जाने भएको छ ।
कालीगण्डकी प्रसारण कोरिडोर : खुर्कोट–न्यु बुटवल खण्डको परीक्षण सफल
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतको खुर्कोट–न्यूबुटबल खण्डको परीक्षण सफल भएको छ । कालीगण्डकी कोरिडोरको दुई सय २० केभी प्रसारण लाइनअन्तर्गत यो खण्डको काम पूर्ण भएपछि असोज १० गतेदेखि चार्जिङ सुरु भएको थियो ।
मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मातृ मृत्युदर घटाउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताउनु भएको छ ।
कर्तव्य ज्यान मुद्दाका आरोपी १९ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिनुभयो ।
अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड
सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।
चितवनमा डेंगुको सङ्क्रमण बढ्दै
पछिल्ला केही दिन यता चितवनमा डेंगु सङ्क्रमितहरुको सङ्ख्या उकालो लाग्दै आएको छ । केही दिन अगाडिसम्म स्थिर अवस्थामा रहेको डेंगु सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो दिनमा ह्वात्तै उकालो लागेको हो ।
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।
बानेश्वर नजिकै बागमती किनारमा युवकको शव
काठमाडौं महानगरपालिका-३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बागमती खोला किनारामा आज (बुधबार) एक युवकको शव भेटिएको छ ।
सत्रौँ एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ ।
दसैँकाे चहलपहल : किनमेलको तरिका बदलिँदै
चाडबाड नजिकिएसँगै बजारमा चहलपहल बढ्दो क्रम जारी छ । सूचना प्रविधिको आजको युगमा अनलाइनमार्फत आफूलाई चाहेको वा मन परेको सामान घरैमा उपलब्ध हुने सहज वातावरण बनेको छ । आधुनिक प्रविधिको प्रयोगसँगै सरसामान खरीदबिक्रीको तौरतरिका पनि बदलिँदै गएको अवस्था छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस
अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालनी रहेको छ ।
प्रधानमन्त्री प्रचण्ड र स्विजरल्याण्डका राजदूतबिच भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्विजरल्याण्डका नवनियुक्त राजदूत एच.ई. दनाइली म्युवली वाइडले शिष्टाचार भेट गर्नुभएको छ ।
चाडपर्व आएपछि जीर्ण सडक मर्मत गरिँदै
यो वर्षको चाडपर्व नजिकिएसँगै सिन्धुली जिल्लाका स्थानीय तहले बर्सातका बेला बाढीपहिरोले जीर्ण बनेका ग्रामीण सडकको मर्मत सुरु गरेका छन् । दसैँ, तिहारलगायतका चाडपर्वमा मानिसको आवतजावत सहज बनाउने उद्देश्यले भत्किएका र जीर्ण सडक मर्मत सुरु गरेको स्थानीय तहले जनाएका हुन् ।
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन
इन्जिनियरिङमा स्नातक गरेका छ हजार २३ जनाले लाइसेन्स परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेका छन् । नेपाल इन्जिनियरिङ परिषद्ले एक महिनाको म्याद दिएर लाइसेन्स फाराम खुला गरेको थियो । परीक्षा आगामी मङ्सिरमा सञ्चालन गरिने छ । परिषद्का रजिष्ट्रार शिवमङ्गल गिरीले आवेदकको प्रमाणपत्र छानबिन गर्न बाँकी रहेको र अन्तिम नामावलीपछि प्रकाशित गरिने बताउनुभयो । विगतमा आवेदन दिएकाजतिलाई लाइसेन्स उपलब्ध गराउने गरिएकोमा गत वर्षदेखि परीक्षा नै सञ्चालन गर्न लागिएको हो । परिषद्ले यो तेस्रो पटक लिखित परीक्षा सञ्चालन गर्न लागेको हो ।
विदेशबाट राहदानी लिन सकस
काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो छ । अझ वैदेशिक रोजगारीका लागि अत्यधिक नेपाली जाने मुलुकमा नवीकरणसँगै नयाँ राहदानी लिनु भनेको ठुलो युद्ध जितेजस्तो हुने गरेको त्यहाँस्थित नेपाली नागरिक बताउनुहुन्छ।
कर्मचारीसँग वार्ता आह्वान
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगत १० दिनदेखि विभिन्न माग राखी काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्ता र संवादमा आउन आग्रह गरेको छ। स्थानीय तहका कर्मचारीको माग छलफल गरी निकास निकाल्न मन्त्रालय तयार रहेको मन्त्रालयद्वारा मङ्गलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र आन्दोलनरत कर्मचारीका प्रतिनिधिबिच कर्मचारीको माग र मुद्दाबारे अनौपचारिक रूपमा छलफल भएको भन्दै मन्त्रालयले स्थानीय तहका माग र मुद्दा सम्बोधन गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
चुली बोक्ने टिप्पर कारबाहीमा
काभ्रेपलाञ्चोकका सडकमा बालुवा, गिटी र ढु्ङ्गा ओभरलोड बोक्ने टिप्परलाई प्रहरी प्रशासनले कारबाही गर्न थालेको छ । अनियन्त्रित रूपमा बालुवा र गिट्टी भरेर गुड्ने टिप्परले सडक ध्वस्त पारेको समाचार गोरखापत्रमा प्रकाशित भएसँगै ‘ओभरलोड’ विरुद्ध प्रहरी आक्रामक रूपमा लागेको छ ।
भारी बोकेर दिनको २५ सयसम्म कमाई (फोटो फिचर)
दशैँ, तिहार, छठपर्वको आगमनसँगै देशको प्रमुख व्यापारीक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ ।
सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
अवाञ्छित गतिविधि रोक्न एक सय बाइस ठाउँमा प्रहरी कक्ष
चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको छ ।
चिनी नपाएको उपभोक्ताको गुनासो
चाडबाडलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन् ।
बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य
बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२ औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो ।