‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।
स्थानीय तहका कर्मचारीको माग अविलम्ब पूरा गरियोस् : सांसद थापा
नेकपा (एमाले) का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरूको माग अविलम्ब पूरा गर्न सरकारसँग माग गर्नुभएको छ ।
राष्ट्रपतिसमक्ष विभिन्न आयोगका प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा आज विभिन्न आयोगका प्रतिवेदन पेस गरिएका छन् ।
नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने
नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।
पर्वलक्षित महानगरको सडक सरसफाइ कार्यक्रम
काठमाडौँ महानगरपालिकाले चाडपर्वलक्षित सडकको विशेष सरसफाइ अभियानमा एक सय जनालाई खटाएको छ ।
सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन : सांसद केसी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुई जना नियन्त्रणमा
काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय प्रधानमन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् सांसद रवि लामिछानेले छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दार्चुलाको सीमावर्ती क्षेत्र गुञ्जीमा भ्रमण गरेको विषयबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
कोरियालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
विश्वबैंकको वार्षिक बैठकको सिलसिलामा मोरक्कोको मराकेसमा रहनुभएका अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले मुनाफा आर्जन गरिरहेकाले दक्षिण कोरियाली कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गर्नुभएको छ ।
विश्व दृष्टि दिवस : अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रमा उपचार सेवा विस्तार गर्नुपर्ने
नेपालमा अन्धोपन निवारण गर्न ग्रामीण क्षेत्रसम्म आँखा उपचारको पहुँच पुर्याउनुपर्ने भएको छ । आँखा उपचार क्षेत्रमा क्रियाशील विज्ञको भनाइमा सहरी क्षेत्रमा चिकित्सक र सुविधा सम्पन्न अस्पताल भए पनि अन्धोपन बढी सङ्ख्यामा ग्रामीण क्षेत्रमा रहेको छ ।
अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको आर्थिक रुपान्तरण : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।
लेखा समिति सक्रिय भए सहकारीमा समस्या आउँदैन : सचिव दुवाडी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारीमा समस्या आउन नदिनका लागि लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
११५ विद्यार्थीलाई साइकल सहयोग
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यालय आउजाउ गर्ने प्रयोजनका लागि विद्यार्थीलाई साइकल वितरण गरेको छ ।
कामनपाद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन
काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो ।
अर्थतन्त्रका समस्या समाधान गर्न ‘बोल्ड डिसिजन’ आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न बोल्ड डिसिजनको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपालले इरानलाई जितका लागि ३५४ रनको लक्ष्य दियो
उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ ।
सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमै छैन चिनी
सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनीको अभाव देखिएको छ । सरकारले गत २१ गतेबाट सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा वितरणका लागि राखेको चिनी दुई दिनमै सकिएपछि चिनीको अभाव भएको हो ।
बर्थिङ सेन्टर’ सञ्चालनमा
मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलोदिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गर्नुभएको थियो ।
कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका केही स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । गोरखापत्र दैनिकमा बिहीबार सूचना प्रकाशन गर्दै प्राधिकरणले विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।
राजमार्गको यात्रा सहज बनाउने योजना
चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकायहरूले समन्वयात्मक रूपमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुवास विकलाई पेट्रोल छर्की आगो लगाउने पक्राउ
सुवास विकको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार रहेका अरुण विकलाई प्रहरीले पक्राउ गरेको छ ।
ठूला अनियमितताका घटनामा समिति आँखा चिम्लिएर बस्दैन : सभापति खतिवडा
यसमध्ये पनि सबै सुरक्षा निकाय, निर्वाचन एवं अख्तियार, प्रशासनलगायतका धेरै र राज्यका संवेदनशील निकाय कार्यक्षेत्र रहेकाले राज्य व्यवस्था तथा सुशासन समितिलाई थप महत्वको समिति मानिन्छ ।
काठमाडौँ महानगरले दुई महिनामा एक अर्ब १७ करोड राजस्व असुल
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा रु एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले रु ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो ।
भरतपुरमा कबाड सामान ढुवानीमा कर लगाउने तयारी
पुनर्प्रयोग आउने वस्तु (कबाड) को ढुवानीमा भरतपुर महानगरले कर लगाउने तयारी गरेको छ । भरतपुर महानगरमा उत्पादन भएर महानगरभन्दा बाहिर ढुवानी हुने कबाड सामानबाट महानगरले राजस्व उठाउने लक्ष्य लिएको हो । कर सङ्कलनकै लागि महानगरले टेन्डर आह्वान गरिसकेको छ ।