• १८ वैशाख २०८१, मङ्गलबार

अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको आर्थिक रुपान्तरण : गृहमन्त्री श्रेष्ठ

blog

नेजाद्वारा स्थापित नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ जुम्लाका दिलमाया शाहीलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गर्नुहुँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असोज २५ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको राष्ट्रिय कार्यभार नेपाली समाजको सामाजिक र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता परस्कार-२०२३  पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री श्रेष्ठले नेपाली जनताको अपेक्षा, नेपाली समाजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तीव्रता प्राप्त गर्न नसकेको बताउनस भयो । उहाँले गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी रहेकाले सबैले मिलेर काम गर्न जरुरी रहेको जिकिर गर्नुभयो । उहाँले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तीव्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु रहेको बताउनुभयो ।


‘‘आजको राष्ट्रिय र केन्द्रीय कार्यभार भनेको नेपाली समाजको सामाजिक आर्थिक रुपान्तरण हो । आर्थिक विकास र समृद्धि हो । या राजनीतिक परिवर्तन भएपछि यस क्षेत्रमा केही पनि परिवर्तन भएको छैन त । आर्थिक विकास र समृद्धिको क्षेत्रमा ? केही न केही भएको छ ।,’’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘यो पनि त्यत्तिकै सत्य हो की यो ऐतिहासिक परिवर्तनमा अन्तर्निहित निर्देश, नेपाली जनताको अपेक्षा र नेपाली समाजको आजको आवश्यकता, सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रिया र समृद्धिको प्रक्रियाले तीव्रता प्राप्त गर्न सकेको छैन । गुणात्मक फड्कोको बिन्दुमा पुग्न बाँकी नै छ । त्यसकारणले आजको ऐतिहासिक आवश्यकता भनेको आर्थिक समृद्धिको प्रक्रिया, विकासको प्रक्रियालाई तीव्रता प्रदान गर्नु र फड्कोको बिन्दुमा पुर्‍याउनु हो ।’’

गृहमन्त्री श्रेष्ठले सुशासनको अभियानलाई कमजोर पार्न त्यत्तिकै प्रयत्न भइरहेको बताउनुभयो । उहाँले सुशासनको अभियानलाई कमजोर पार्ने अभियान सफल हुन नदिन सबै लाग्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।