जनतासँगको अभियानले जनतामा आशाका झिल्का पैदा भयो : माओवादी
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशाका झिल्का पैदा गरेको दाबी गरेको छ ।
मकवानपुरमा जङ्गली हात्तीको आतङ्क
मकवानपुरको मनहरी गाउँपालिकामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ। मङ्गलबार बिहान मनहरी ७ स्थित रमौलीमा छिरेको जंगली हात्तीले चार वटा घरमा क्षति गरेको छ।
अटिजमको पहिचान गर्न नसक्दा समस्या
अटिजम अवस्थाको पहिचान गर्न नसक्दा समस्या हुने गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको अटिजमसम्बन्धि छलफलमा सहभागी सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।
चोरी घटनामा संलग्न दुई जना पक्राउ
प्रहरीले नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चारी भएको घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
महिलाद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।
प्राकृतिक बासस्थानमा भेटिए दुई सय बढी घडीयाल गोही
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भएर बग्ने राप्ती र नारायणी नदीमा दुई सय ६५ वटा घडीयाल गोही भेटिएका छन्
महासचिव वैद्यको स्वास्थ्य सुधारोन्मुख
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा हुनुहुन्छ : प्रवक्ता सापकोटा
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारका कामलाई अझ प्रभावकारी बनाउने योजनामा रहनुभएको जनाएको छ ।
माईस्थानमा अस्थायी जलसरोवर निर्माण
सिन्धुली जिल्लाको कमलमाई नगरपालिका-५ स्थित ऐतिहासिक शक्तिपीठ कमलामाई मन्दिर माईस्थान अगाडी अस्थायी जलसरोवर निर्माण गरिएको छ ।
वरिष्ठ पत्रकार पोखरेलको अन्त्येष्टि
गोरखापत्रका पूर्व सम्पादक एवम् वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको मङ्गलबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरलाई विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गरिएको हो ।
काभ्रेमा बृहत् कृषि-महोत्सव हुँदै
काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका संयुक्त आयोजनामा जिल्लाका किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले आउँदो फागुन ४ देखि ७ गतेसम्म बृहत् कृषि महोत्सवको आयोजना गरिने भएको हो ।
पोल्ट्री दिवसका अवसरमा ‘चिकेन एण्ड एग फेस्टिवल’
एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अण्डा र कुखुराको मासुको महत्व बुझाउन ‘चिकेन एण्ड एग फेस्टिवल’ आयोजना गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका-२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो ।
काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।
खेल प्रति अरूलाई पनि प्रेरित गर्नुस् : प्रमुख साह
तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा मङ्गलबारबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति
काठमाडौं महानगरपालिकाद्वारा मङ्गलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो ।
संसदमा बोलेका विषय कार्यान्वयन हुँदैनन् : सांसद यादव
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् धनुषा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामकृष्ण यादवको पनि अन्य सांसदको जस्तै संसदमा बोलेका विषय कार्यान्वयन नहुने गरेको गुनासो छ ।
ठगी गरेको आरोपमा ‘मेनपावर’ सञ्चालक पक्राउ
आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै १९ लाख ६० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ ।
शिक्षा क्षेत्रका जिम्मेवारीमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
द्रोणाचार्यका सन्तान दनुवार
नेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् । नेपाली समाजमामा प्रचलित गोत्र तथा जातिको नामकरणले पनि यस्तो दाबी पुष्टि गर्छ । दनुवारहरू आफूहरूलाई द्रोणाचार्य ऋषिका सन्तान भएको दाबी गर्छन् । हुन त कतिपयले दुन क्षेत्रमा बसोबास गरेकाले दनुवार नामकरण भएको विश्वास गर्छन् तर दुन शब्दको प्रयोग धेरै पछि भएको विश्वास गर्ने हो भने यो आधार त्यति विश्वासिलो लाग्दैन । केही दनुवारले आफूलाई मध्यकालीन नेपालको सिम्रौनगढ राज्यका राजा नान्यदेवका सन्तान भएको बताउँछन् ।
कार्ययोजनाका नाममा उपभोक्तासँग उठाइँदै रकम
डिभिजन वन कार्यालय, रामेछापले सामुदायिक वन उपभोक्ता समूहका कार्ययोजना बनाउन उपभोक्ता समूहसँगै पैसा उठाएको पाइएको छ । त्यस्तै काम पूरा नभएको योजनाको भुक्तानी दिएको समेत पाइएको छ ।
जङ्गली हात्तीपीडितले मागे कङ्क्रीट पर्खाल
मकवानपुरको मनहरी गाउँपालिका–६, जोगीतालकी कुमारी रुम्बासँग वर्षौंअघि आफूले बिराएको जग्गा छ तर उहाँ न त खनजोत गर्ने अवस्थामा हुनुहुन्छ, न त घर नजिकैको वन जङ्गलमा गएर दाउराघाँस गर्न पाउनुहुन्छ ।
इच्छाकामनामा सुन्तला महोत्सव सुरु
महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउनुभयो ।
नब्बे हजार विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण
पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ ।
दुई जनालाई जरिबाना तथा कैद
अवैध सम्पत्ति शुद्वीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौँले दुई जनालाई कैद तथा जरिबाना गर्ने फैसला गरेको छ । सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमोदकुमार जैसवाल र पप्पु ठाकुरलाई कैद र जरिबानाको फैसला गरेको हो । जैसवाललाई आठ वर्ष कैद तथा ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपियाँ बिगो र बिगोको दोब्बर अर्थात् ८३ करोड २३ लाख ८५० रुपियाँ जरिबाना तोकिएको हो ।