• ११ मंसिर २०८१, मङ्गलबार

चोरी घटनामा संलग्न दुई जना पक्राउ

blog

काठमाडौं, पुस १७ गते । प्रहरीले नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चारी भएको घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर भक्तपुर ठिमी नगरपालिका वडा नं. ९ भइ हाल काठमाडौं बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र स्थायी घर चितवन भ हाल काठमाडौं बस्ने ५६ वर्षीय राजकुमार विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को मिनी मार्केट नजिकै डेरा गरी बस्ने सुमित्रा तामाङको डेराकोठाबाट नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र चोरी गरेका थिए । 

प्रहरीका अनुसार सिसिटिभी फुटेज तथा प्राविधिक विश्लेषणसमेतको अनुसन्धानको क्रममा बाफलबाट चोरी भएका विभिन्न सामान बरामद गरिएको छ । 

उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको प्रहरीले जनाएको छ ।