फरारमध्ये सात पक्राउ, छ जना धरौटीमा रिहा
चिकित्सकमाथि भएको कुटपिटको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चिकित्सकमाथि दुव्र्यबहार गरी फरार रहेकामध्ये सुवास स्याङतानलाई आज पक्राउ गरेको जनाएको छ ।
शर्मिला थापामगर एक दिनका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सिन्धुलीकी शर्मिला थापामगर एक दिनका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य बन्नुभएको छ ।
नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालिसकेको छ : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताउनुभएको छ ।
इजरायलमा भएको घटनाप्रति आयोगको चासो
राष्ट्रिय मानव अधिकार आयोगले इजरायलमा भएको आक्रमणका कारण स्वदेश आउन चाहने नागरिकलाई फर्काउनका आग्रह गरेको छ ।
नेपाली संस्कृतिमा गीत र सङ्गीतको महत्त्व धेरै छ : मन्त्री श्रेष्ठ
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्त्व रहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णय परिभाषित गर्नुपर्छः प्रमुख आयुक्त राई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभएको छ ।
रोटरी क्लबद्वारा शौचालय निर्माण
रोटरी क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका–६ को ऐतिहासिक भैरवी मन्दिर परिसरमा निर्माण सम्पन्न शौचालय मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
नवप्रवर्तन केन्द्रमार्फत उद्यमशीलता विकास गर्न सकिन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन केन्द्रमार्फत इन्क्युवेशन सेन्टर चलाएर स्टार्टअपमा बिउ पुँजी उपलब्ध गराई उद्यमशीलताको विकास गर्न सकिने बताउनु भएको छ ।
एक वर्षदेखि रोकिएको सम्परीक्षण सुरु
पछिल्लो एक वर्षदेखि रोकिएको सम्परीक्षण प्रक्रिया सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले आज बेरुजु सम्परीक्षण सम्बन्धमा मुख्यसचिव, सङ्घीय संसद्का महासचिव, कार्यवाहक महालेखापरीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीसँग छलफल गरेको छ ।
चिकित्सा शिक्षा पढ्न विदेश जानुपर्ने अवस्था अन्त्य गर्छौ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्न विदेश जानु पर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
एकसिङ्गे गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा एउटा गैडा मृत अबस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक कारणले गैंडाको मृत्यु भएको हो ।
काभा भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई हरायो
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले बुधबार अफगानिस्तानको विजय यात्रामा पूर्णविराम लगाएको छ ।
हालसम्म ३८ हजार ५९ जना डेङ्गीबाट सङ्क्रमित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२३ को सेप्टेम्बरसम्म डेङ्गीबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ६९ जना पुगेको जनाएको छ ।
इजरायलमा रहेका नेपालीलाई बिहीबार नेपाल ल्याइने
इजरायलमा अलपत्र परेका नेपालीलाई बिहीबार साँझ नेपाल ल्याइने भएको छ ।
‘सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ-आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान कमजोर भयो : उपाध्यक्ष पाण्डे
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको बताउनुभएको छ ।
राजमार्गको यात्रा सहज र सुरक्षित बनाउने योजना
चाडपर्वको समयमा राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरू एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकको प्रतिवेदन कानुन समितिबाट पारित
कानुन, न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
बागमती प्रदेश निकायविरुद्ध सबैभन्दा बढी उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३३ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ ।
चाडपर्वमा प्लास्टिकका फूल र माला बिक्रीमा रोक
चितवनको रत्ननगर नगरपालिकाले दसैँ, तिहार, छठजस्ता पर्वमा प्लास्टिकजन्य फूलमाला र गुच्छाको बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै तिहार र छठलगायत पर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको हो ।
खराब मौसमका कारण मन्थली-लुक्ला उडान पाँच दिनदेखि ठप्प
खराब मौसमका कारण पाँच दिनदेखि लुक्लामा हवाइ उडान नहुँदा विदेशी पर्यटक मन्थलीमै रोकिएका छन् । लुक्लाका लागि विभिन्न कम्पनीसँग सम्झौता गरी उडानको प्रतिक्षामा रहेका पर्यटक दैनिक मन्थलीमा बस्नुपर्दा समस्यामा भइरहेको बताउँछन् ।
लाओससँग खेल्ने नेपाली फुटबल टिम घोषणा
फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि बुधबार नेपाली टोलीको घोषणा गरिएको छ ।
बालिकाको संवर्द्धनमा राज्यले थप लगानी बढाउन आवश्यक : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालिकाहरुको संरक्षण र संवर्द्धनमा राज्यले थप लगानी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
डेङ्गी बढ्यो, परीक्षण किट छैन
जिल्लामा डेङ्गीको समस्या बढिरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले दैनिक डेङ्गीका बिरामी बढे पनि त्यसका लागि अत्यावश्यक रगत परीक्षण किट नभएको गुनासो गर्नुभयो ।