• ३० वैशाख २०८१, आइतबार

बालकुमारी घटना : उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति

blog

फाइल तस्बिर

काठमाडौं, पुस १४ गते । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिनुभएको छ ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताको छलफलमा पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग बनाउने सहमति भएको हो । सहमति अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले छानबिन आयोग ऐन २०२६ अनुसार समिति गठन मन्त्रिपरिषदबाट गर्नुहुनेछ ।  गठन भए लगत्तै समितिले काम सुरु गर्नेछ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ । 

"ललितपुरको बालकुमारीमा भएको घटनाका बारेमा जाँचबुझ गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ । भोलि मिति २०८०/९/१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको अ‍ाैपचारिक निर्णय गर्नेछ र सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ’’, सचिवालयको सूचनामा भनिएको छ ।

यो पनि पढ्नुहोस

मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय रावतको निधन

बालकुमारी प्रदर्शन : दुईजनाको मृत्यु

बालकुमारी घटनाको छानबिन गर्न समिति गठन