• २१ असार २०८१, शुक्रबार

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १५ गते । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प  गएको हो । 

भूकम्पले गरेको क्षतिबारे अझै विवरण नआएको बताइएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो  गोरखा बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पको पराकम्पन हो । सिन्धुपाल्चोकको लासिकोटमा गएको पराकम्पन काठमाडौँमा पनि महसुस भएको उहाँको भनाइ छ । पराकम्पन छोटो समय आएकाले यसले खासै ठूलो असर भने नगरेको उहाँले बताउनुभयो ।