बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ।
बालअधिकारबारेको समिक्षा सम्पन्न
विश्वव्यापी आवधिक समिक्षा (तेस्रो चक्र) बाट बाल अधिकार सम्वन्धमा प्राप्त सिफारिस कार्यान्वयनको अवस्था र मध्यकालीन समिक्षा सिफारिसबारे अन्तरक्रिया गरिएको छ ।
प्रेस काउन्सिल ऐन संसोधन हुनुपर्छः अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन र युट्युब च्यानलहरुको प्रभावकारी नियमनका लागि प्रेस काउन्सिल ऐन संसोधन गर्नुपर्ने बताउनुभएको छ ।
नौ किलो गाँजासहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अबैध रुपमा गाँजा बोकी हिँड्ने एक युवकलाई पक्राउ गरेको छ ।
२४ लाख बराबरको मुगा मालाहरु चोरी गर्ने पाँच जना पक्राउ
प्रहरीले बहुमुल्य मुगा मालाहरु चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।
मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई साझा धारणा बुझाउने
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न हेटौँडामा भेला भएका सातै प्रदेशका मुख्यमन्त्रीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटगरी साझा धारणा बुझाउने भएका हुन् ।
अराजकता स्वीकार्य छैन : सञ्चारमन्त्री शर्मा
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताउनुभएको छ ।
डेडिकेटेड लाइनबारे उच्चस्तरीय आयोग बनाउन अध्यक्ष ढकालको माग
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आयोग बनाएर डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
गोरखापत्रकर्मी चौधरी सम्मानित
यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरी (लोकबहादुर चौधरी) सम्मानित हुनुभएको छ । नेवा ः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८ औं जन्म दिवसको अवसरमा आयोजित समारोहमा उहाँलाई आज सम्मानित गरेको हो ।
बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
‘मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँमा’
खानेपानीमन्त्री महेन्द्रराय यादवले मेलम्चीको पानी आगामी माघ पहिलो साता काठमाडौँ पुर्याइने बताउनुभएको छ ।
तीनदिने आत्मरक्षा तालिम सुरु
तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानुनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइनेछ ।
तस्बिर र भिडियोग्राफी बुझ्ने ‘मोमेन्टोग्राफी’ कार्यशाला सुरु
तस्बिर तथा श्रव्यदृश्यमा रुचि हुनेहरुका लागि लक्षित गरी ‘मोमेन्टोग्राफी’ कार्यशाला आजदेखि सुरु भएको छ । ओभासु फिल्मद्धारा यहाँ आयोजित १० दिने कार्यशालामा यस विधामा क्रियाशील १५ सञ्चारकर्मी सहभागी छन् । कार्यशाला यही पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।
माइतीघर निषेधाज्ञाविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्च अदालतले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
इपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश
कोरियन जहाज कम्पनीका कामदार र उत्पादनमूलक कामदार छनोट गर्ने प्रयोजनका लागि आवेदन दिएका सबैलाई इपीएस परीक्षामा सामेल गराउन उच्च अदालत पाटनले आदेश दिएको छ ।
काठमाडौं महानगरमा स्वास्थ्य बीमाका २४ प्रथम सेवा बिन्दु
काठमाडौं महानगरपलिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न २४ वटा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको छ ।
बालकुमारी प्रदर्शन : दुईजनाको मृत्यु
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिकाे भडपमा दुईजनाको मृत्यु भएको छ।
अङ्कमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गर्न मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी बनाउन अङ्कमा आधारित नजिता प्रणाली लागू गर्ने बताउनुभएको छ ।
गभर्नरविरुद्धको रिटमा अन्तरिम आदेश भएन
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय रावतको निधन
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
‘सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्नुपर्छ’
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिका पठाउने भनी १४ लाख ९० हजार ठगी गर्ने पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी करिब १४ लाखभन्दा बढी रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढ्यो : अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ ।
मन्त्री ज्वालाको गाडीमा आगजनी, नियन्त्रणमा लिन गोली प्रहार
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।