काठमाडौं, पुस १३ गते । सर्वोच्च अदालतले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले माइतीघरमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध दायर गर्नुभएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अधिवक्ताद्वय भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र प्रेमराज सिलवालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै मङ्सिर ५ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।
मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।