• २० वैशाख २०८१, बिहिबार

गभर्नरविरुद्धको रिटमा अन्तरिम आदेश भएन

blog

फाइल तस्बिर

काठमाडौं, पुस १३ गते । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै बिहीबार अधिवक्ता दीपकराज जोशीसहित चार जनाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

शुक्रबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्नुहुँदै न्यायाधीश माथेमाले कारण देखाउ आदेश जारी गर्नुभएको हो ।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार यस सम्बन्धमा इजलासले अन्तरिम आदेश नदिएको हो ।