• १२ मंसिर २०८१, बुधबार

खेल प्रति अरूलाई पनि प्रेरित गर्नुस् : प्रमुख साह

blog

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह । फाइल तस्बिर

काठमाडौं, १७ गते । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा मङ्गलबारबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा करिब ३२ सय जना विद्यार्थीहरूले सहभागिता जनाएको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताउनुभयो ।

उहाँले यो सङ्ख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । उहाँले मेडल ल्याउनु ठुलो कुरा नभएको भन्नुहुँदै अरूलाई पनि प्रेरित बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘आजबाट सुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरूले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर बिस्तारै पाँच हजार १० हजारले भाग लिनुहोस् । मेडल ल्याउनु ठुलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफूसँगै खेल्ने बनाउनु ठुलो कुरा हो । भोलिका दिनमा वर्ल्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईँहरूले आफूसँगै अरूलाई प्रेरित गर्नुस् ।’’

प्रमुख साहले वर्ल्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरूलाई पनि खेल्न प्रेरित गर्न आग्रह गर्नुभयो ।