सामाजिक विभेदविरुद्ध सिर्जना
नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा) मा कला कार्यशाला सुरु भएको छ ।
शिक्षामा लगानी बढाउने मन्त्री राईको प्रतिबद्धता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्तन क्यान्सरको बहिरङ्ग सेवा निः शुल्क
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निः शुल्क गरिएको छ । अक्टोबर महिनाभरि स्तन क्यान्सरको बहिरङ्ग (ओपिडी) सेवा निः शुल्क गरिएको हो ।
प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
। प्रहरी महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता हुनुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर आज (शनिबार) स्वदेश फिर्ता हुनुभएको हो ।
कोशी प्रदेशमा देखिएको समस्या समाधान भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनबिच देखिएको समस्या समाधान भएको बताउनुभएको छ ।
सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहाल चितवनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ । भरतपुर महानगरपालिका प्रमुख एवम् प्रधानमन्त्री पुत्री रेणु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
फेरिँदै काठमाडौँको स्वरूप (फोटो फिचर)
काठमाडौँ सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौँ उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदल यात्रु मैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् ।
आज योग कार्यशालाको अर्को शृङ्खला
ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रूपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदी बन्दीसम्म पुर्याउने गृह मन्त्रालयको चरणबद्ध अभियान अन्तर्गत शनिबार योग कार्यशालाको अर्को शृङ्खला सुरु भएको छ।
कृषि उत्पादन र बजारीकरणमा सहजीकरण गर्छौँ
स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा छवि लामा निर्वाचित हुनुभएको छ । दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित लामासँगै गाउँपालिकाका जनप्रतिनिधिले डेढ वर्षको
गुमेको दृष्टि फर्कियो ज्येष्ठ नागरिकको
उत्तरी मकवानपुरमा सञ्चालित आँखा शिविरबाट ७० वर्ष नाघेका दुई ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्किएको छ । तीन वर्षदेखि गुमेको दृष्टि फर्किएसँगै उहाँहरूका ओठमा मुस्कानसहित खुसीको सीमा छैन ।
दसैँको चहलपहल देखिए पनि व्यापार छैन
दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा अलि छन् तर खासै व्यापार भएको छैन । एमके स्टोरका मनोज श्रेष्ठले भन्नुभयो, पहिले पहिलेको जस्तो व्यापार छैन । यो बेला त पसलमा खचाखच हुन्थ्यो । अहिले त नगन्य व्यापार भइरहेछ । जीवन जिउन गारो छ ।
ब्याजदर घटाउन पर्यटन व्यवसायीको माग
होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
पचली भैरवको लिङ्गो उठाउने जात्रा ४५ वर्षपछि पुनःस्थापना गरिँदै
जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनुभयो ।
टोखा नगरपालिकाद्वारा पानी उद्योगमा सिल
टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ ।
च्याउ खाँदा ६ जना बिरामी
मकवानपुरको बकैया गाउँपालिका –३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उहाँहरु विरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कंकाली विद्यालयको नवनिर्मित प्रशासनीक भवनको उदघाटन
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कंकाली माध्यमिक विद्यालय अन्तर्गत निर्माण गरिएको प्रशासनिक भवन तथा सामाजिक विषय संग्रहालयको समुदघाटन गर्नुभएको छ ।
एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताउनुभएको छ । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
संस्कार, संस्कृतिको संरक्षण र समृद्धिका लागि होमस्टेको महत्वपूर्ण भूमिका छ : मन्त्री महतो
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ ।
चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ ।
यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला
सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।
शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
काभा च्याम्पियनसीप भलिबल-नेपाल साउदी अरेबियासँग पराजित
श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।