• ५ असोज २०८१, शनिबार

भृकुटीमण्डपमा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय मेला हुने

blog

काठमाडौँस्थित भृकुटीमण्डप । फाइल तस्बिर

काठमाडौं, पुस १८ गते । यही पुस २० गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा नवौँ नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । पुस २० गते शुक्रबारबाट सुरु हुने मेला २२ गते आइतबारसम्म तीन दिन सञ्चालन हुनेछ ।

मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न लागेको बताउनु भयो । उहाँले विगत ८ वर्षदेखि सहकार्य गर्दै मेला सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी स्टलहरू रहने जानकारी दिनुभयो ।

प्रबन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू रहने बताउनुभयो ।

‘‘नेपाल बुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले विगत ८ वर्षदेखि सहकार्य गर्दागर्दै आइरहेको छ । यो यसको नवौँ संस्करण हो । यो नवौँ संस्करण पुसको यही २०,२१ र २२ गते काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ । यो पालिको मेलामा नेपालमा उत्पादन भएका सामग्रीहरू छन् । ल्यामिनेटहरुदेखि लिएर प्लाइउडदेखि लिएर फ्लोरिङका सामानहरू छन् ।,’’ निर्देशक भट्टराईले भन्नुभयो, ‘‘जस्तो कसैले घर बनाउन चाहनुहुन्छ भने नेपालमै उत्पादन भएका फ्लोरिङका सामान लिएर आएका छौँ । यसमा यसपालि होम डकेर, बनाएको घरको इन्टिनियरहरु कसरी गर्ने ? त्यहाँ भित्रको डिजाइनिङ कसरी गर्ने ? भन्ने कुराहरू आउँछ । मेलामा नेपालका दिग्गज आर्किटेक्टकहरु र डिजाइनरहरूको उपस्थिति छ । यो प्रदर्शनीमा भारतका कम्पनीहरूको सहभागिता अलि बढी छ । ४० प्रतिशत कम्पनी नेपालका र ६० प्रतिशतमा भारत, चीन,ताइवान, मलेसियाको पनि केही कम्पनी छन् ।’’

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनीयर्स तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहने बताइएको छ ।

प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकको भनाइ छ ।