• १३ असार २०८१, बिहिबार

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

blog

काठमाडौँ,  पुस  १८  गते ।  न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपरिषद्का सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गर्नुभएको हो । 

यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए । रासस