• १२ साउन २०८१, शनिबार

भारी बोकेर दिनको २५ सयसम्म कमाई (फोटो फिचर)

blog

महाबौद्ध क्षेत्रमा भारी बोक्ने तयारि गर्दै भरियाहरु । तस्विर :सुजन गुरुङ

सुजन गुरुङ

काठमाडौं, असोज २३ गते । दशैँ, तिहार, छठपर्वको आगमनसँगै देशको प्रमुख व्यापारीक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ । कपडाको साना देखि ठूलासम्म होलसेल पसल रहेको सो क्षेत्रमा देशका विभिन्न भागबाट सामान लिन आउने गर्दछन्, झन चाडपर्वको समयमा सो क्षेत्रमा किनमेलका लागि मानिसको भीडभाड नै लाग्ने गर्दछ । 

सोहि भीडभाडमा व्यापारीको सामान एक ठाँउबाट अर्को ठाँउ बोकेर पुर्‍याउने भरीयारलाई पनि निकै व्यस्त देखिन्छ । अन्य समयको तुलनामा दशैं तिहारमा काम पनि धेरै हुने र कमाई पनि राम्रो हुने भएकाले भरियाहरु निकै व्यस्त देखिन्छन् ।

लगभग २० वर्षदेखि महाबौद्ध क्षेत्रमा ठेलामा सामान बोक्ने रामेछाप घर भएका बासु श्रेष्ठले विरगञ्जबाट आएको ३ वटा ट्रकको सामान बोकी सक्नु भएको रहेछ। अन्य दिनमा दिनको १ हजार देखि १५ सयसम्म कमाई हुने गर्दथ्यो भने यस समयमा दिनको २ हजार देखि २५ सय सम्म कमाई हुने उहाले बताउनु भयो।

त्यस्तै महाबौद्ध क्षेत्रमा भारी बोक्दै आउनु भएको नरबहादुर श्रेष्ठको भने फरक अनुभव रहेको छ। पहिलेको दशैं तिहारको तुलनमा तीन भागको एक भाग पनि काम नभएको उहा सुनाउनु हुन्छ। ठूला व्यापारीहरुले सामान झार्ने गरेको र साना साना व्यापारीहरुले सामान झार्न नसकेका कारण काम नभएको उहाको भनाइ छ। तर कमाइ भने अन्य दिनको तुलनमा केही बढेको छ।

दोलखा सिंगटीका कृष्णबहादुर कार्कीको पनि नरबहादुरकै जस्तो अनुभव रहेको छ, व्यापारीहरुले अटो रिक्सा, पठाओ जस्ता साधानहरुको प्रयोग गरी सामान दुवानी गर्न थालेकाले कमाई खासै नभएको उहा बताउँछन् ।