• २६ वैशाख २०८२, शुक्रबार

बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य

blog

फाइल तस्विर

मकवानपुर, असोज २३ गते । बागमती प्रदेश सभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२ औँ वर्षे अधिवेशन बैठक आज मध्यराति १२ बजेदेखि अन्त्य गर्नुभएको हो । 

मन्त्रिपरिषदबाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य गर्नुभएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । बागमती प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो । रासस