• २३ असार २०८२, सोमबार

मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

blog

दुर्घटनामा भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिँदै । तस्विर : कोकिला भण्डारी

कोकिला भण्डारी 

काभ्रे, पुस ११ गते । मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर घाइते हुनुभएको छ । घाइतेलाई एम्बुलेन्समा राखेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । 

दुई विपरीत दिशाबाट आएको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको स्थानीयको भनाइ छ । नेपालथोकस्थित देवीस्थानमा आज करिब १ बजेर ४५ मिनेट जाँदा भएको बाइक दुर्घटना भएका घाइतेको परिचय भने खुल्न सकेको छैन ।  

नेपालथोकको देवीस्थानमा प्रदेश २–०४–००१ प–२५५२ र बागमती प्र०२–०२७प–१०९८ नम्बरको मोटरसाइकलमा सवार चालकसहित ३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् ।