• २१ असार २०८१, शुक्रबार

माल्टा पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ

blog

काठमाडौं, पुस १३ गते । प्रहरीले वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले स्थायी घर जुम्ला गाउँपालिका–५ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ३२ वर्षीय धर्मेन्द्र शाहीलाई पक्राउ गरेको हो ।

शाहीले टेकराज पाण्डेलाई वैदेशिक रोजगारीका लागि माल्टा जान १२ लाख लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक दुई लाख हुन्छ भनी प्रलोभनमा पारेका थिए । शाहीले माल्टा पठाउने भन्दै पाण्डेसँग १२ लाख रुपियाँ लि सम्पर्कविहीन भएका थिए ।

शाहीलाई बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।