काठमाडौँ, पुस १३ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
बैठकमा पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल हुनेछ । साथै पार्टीबाट सहभागी मन्त्रीहरूले सरकारमा गरेका कामकारबाही प्रस्तुत गर्नेछन् । त्यस्तै राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक, साङ्गठनिक विषय र समसामयिक राजनीतिक विषयहरूमा आफ्नो धारणा राख्नेछन् । बिहीबारबाट सुरु भएको बैठक आज दोस्रो दिन पनि बस्न लागेको हो ।